ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहिदनगरका पूर्वप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर


एबीसी / संवाददाता

धनुषा, २४ माघ । धनुषाको सहिदनगर नगरपालिकाका तत्कालीन प्रमुख उदयकुमार बरबरियाले कृषि सडकका नाममा अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

अख्तियारले सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौँमा आज आरोपपत्र दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

आर्थिक वर्ष २०७४÷७५ मा तत्कालीन प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियरलगायत १२ जनाले कृषि सडक निर्माण कार्यमा रकम निकासा भएकामा उक्त रकम हिनामिना गरेको उजुरी परेकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा भ्रष्टाचार भएको ठहर भएपछि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।

आर्थिक वर्ष २०७४÷७५ मा सहिदनगर नगरपालिका–८ स्थित विसरभोरा नहरदेखि गोठ कोयलपुर सीमासम्म कृषि सडक निर्माण गर्दा फिल्डमा भएको कामभन्दा बढी काम गरेको भनी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको र लागत इस्टिमेट र कार्यसम्झौताअनुसार काम गर्ने भनिए पनि लागत बढाई, बढाउन लगाई बढी भुक्तानी दिने र लिने काम गरी दुई लाख १२ हजार ८१६.२३ रुपैयाँ बराबरको सरकारी रकम हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

काठमाडौँ । सिमरामाथि १९ हजार फिट उचाइमा फन्को लगाइरहेको (होल्डिङमा रहेको) एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा संलग्न भारतीय ध्वजाबहाक वायुसेवा एयर

लुम्बिनी प्रदेशका माओवादी मन्त्रीहरूले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)मा मन्त्रीहरूले राजीनामा दिएका छन्। एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

सुर्खेत, १२ चैत्र । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेको बताएका छन् । सुर्खेत विमानस्थलमा आइतबार बिहान पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष

सम्बन्धित

नेपाल प्रहरीका आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न

कित्ताकाट खुलाउन पहल

सडक हरियाली बनाउने अभियानमा धनगढी उपमहानगर

सेती नदीको दोहन रोक्न संरक्षण अभियान

विकासको पर्खाइमा ‘सूर्य ओढार’

मोफसलका ‘आँखा बा’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com