काठमाडौँ, २३ माघ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आजलाई बोलाइएको छ । बैठक अपरान्ह ४ बजेलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सरकारको समर्थन जारी राख्दै सरकारमा सहभागी मन्त्री फिर्ता भएपछि यो बैठक बोलाइएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गृहमन्त्री पद गुमेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै गृह मन्त्रालयसहित वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय छन् ।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका शिक्षा, विज्ञान तथा प्रविधिबाट शिशिर खनाल र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयबाट डोरप्रसाद अर्याल तथा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोसिमा कार्कीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।
उनीहरूको राजीनामापछि कसलाई के जिम्मेवारी भन्ने तोकिएको छैन ।








प्रतिक्रिया दिनुहोस्