ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मेरो गल्स’ एप बनाएर ठगी गर्ने ८ जना पक्राउ


एबीसी / संवाददाता
माघ २१, २०७९ शनिबार  ६ : १२ बजे

काठमाडौँ, २१ माघ । मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने आठजनालाई प्रहरीले पक्राउ गरेको छ ।

‘मेरो गल्स’ मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने आठ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी सिद्धीविक्रम शाहले जानकारी दिए । ललितपुर प्रहरीले काठमाडौँ र मकवानपुरबाट उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरूले ललितपुर–१५ सातदोबाटोका हरिप्रसाद ढकालको नाममा एनआइसी एसिया बैंकको मोबाइल बैंकिङ एप ह्याक गरी रकम चोरी गरेको शाहले बताए ।

गत मंसिर २६ गते ढकालको नाममा रहेको एकाउण्ट ह्याक गरी विभिन्न व्यक्तिको नाममा रहेको ईसेवा र खल्ती वालेटमा रकम ट्रान्सफर गरी ठगिएको उजुरी प्रहरी परिसरमा परेको थियो । उजुरी दर्ता भइ अनुसन्धान गर्दै जाँदा पक्राउ परेका उनीहरुले संगठित रुपमा विद्युतीय माध्यमको प्रयोगबाट अनधिकृत रुपमा खाताको रकम निकाली हिनामिना गरेको देखिएको उनले बताए ।

पक्राउ पर्नेमा भारतको बिहार घर भई काठमाडौँको चाबहिल बस्ने अवधेश कुमार, सप्तरीको कृष्णासरवन गाउँपालिका–२ घर भई काठमाडौँको जोरपाटी बस्ने दिलीपकुमार चौधरी, पर्साको विन्दावासिनी–८ का नगेन्द्र साह कानु, रौतहटको रंगपुर–१ घर भई मकवानपुरको हटौँडा बस्ने रविना चौधरी, बाराको कोलबी नगरपालिका–४ घर भई मकवानपुरको हेटौँडा बस्ने सन्तोष कुँवर, पर्साको वीरगञ्ज महानगरपालिका–२५ का राजु पटेल, सोही स्थानका साहिल परबेज र शिवशंकर राउत छन् ।

प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका नौ थान मोबाइल, एक थान ल्यापटप र चार थान एटिएम कार्ड बरामद गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट विभिन्न व्यक्तिको ५० लाख ठगिएको पाइएको छ ।

पक्राउ परेकालाई उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाका उम्मेदवार चढेको गाडीको ठक्करबाट नाबालिकाको मृत्यु

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

सम्बन्धित

रास्वपाका उम्मेदवार चढेको गाडीको ठक्करबाट रौतहटमा चार वर्षीया बालिकाको मृत्यु, गाडी चालक फरार

बालुवाटार पुगेर एमाले अध्यक्ष ओलीले गरे प्रधानमन्त्री कार्कीसँग २ घण्टा छलफल

झापास्थित रास्वपा कार्यालय भएको घरमा तोडफोड

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पितृशोक

निर्वाचन २८ दिन बाँकीः निर्वाचन खर्च अनिवार्य बैङ्क खाताबाट गर्ने कार्यविधि जारी

हिमाली भूभागमा बादल, तराईमा कुहिरो र हुस्सु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com