ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडकमा तरकारी फाल्दै चितवनका किसानले भने,–बारीमा जाँउ भविष्य छैन,खाडीमा जाउँ उमेर छैन


एबीसी न्यूज

चितवन, २० माघ । चितवनको नारायणगढ बजारको व्यस्त सडक पुल्चोकमा किसानले तरकारी बोकेर आन्दोलनमा सहभागि भएका छन् । भारतीय तरकारीले नेपाली बजार कब्जा गरेको र नेपाली तरकारीले बजार नपाएको भन्दै किसानहरु आन्दोलनमा सहभागि भएका हुन । बारीमा उत्पादन गरिएका तरकारी सडकमा प्रदर्शन गर्दै किसानले नारावाजी गरेका थिए ।

टमाटर, काउली, बन्दालगायतका तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले पूर्व पश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरेका छन् । स्थानीय उत्पादन प्रयाप्त भएको समयमा भारतबाट तरकारी आयात बढाएर किसान विस्थापीत गराउन खोजेको आरोप उनिहरुले लगाएकाछन् ।

स्थानीयले उत्पादन गरेको तरकारी विक्री नहुने तर भारतीय तरकारीले बजार कव्जा गर्दै जान थालेपछि वाध्य भएर आन्दोलन गर्नुपरेको किसान लेखनाथ भुषालेले बताए । देशमा उत्पादन भएको तरकारीले बजार नपाएपछि आयात रोकिदिनका लागि सरकारी निकायमा सहयोग माग्दा बेवास्ता गरिएको बताउदै उनले वाध्य भएर सडकमा आउनुपरेको जानकारी दिए । सरकारले नेपाली किसानको समस्या समाधानलाई पहल नगरेको गुनासो किसानहरुको रहेको छ । देशमै केही गरौं भनेर कृषिमा लगानी गरेका युवाहरूलाई सरकारले निराश बनाएको आन्दोलनमा सहभागिहरुले बताएकाछन् । बारीमा जाँउ भविष्य छैन,खाडीमा जाउँ उमेर छैन भन्ने नारा सहितको प्लेकार्ड बोकेर उनीहरु आन्दोलनमा सहभागि भएकाछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com