ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीमा जति छलफल गरेपनि अधिकार फेरि पनि अध्यक्षलाई नै !


ABC NEWS

 

काठमाडौं १७ माघ । नेकपा माओवादी केन्द्रका नेताहरुको सांगठनिक कार्यविभाजनबारे ठोस निर्णय लिने जिम्मा अध्यक्ष र उपाध्यक्षहरुले पाएका छन् । नेताहरुको कार्यविभाजन गर्न महासचिव देव गुरुंग नेतृत्वको कार्यदल बनेको थियो भने औपचारिक रुपमा पदाधिकारीहरु माझ पटक पटक छलफल भएपनि सहमति नभएपछि निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डले दिने भएका हुन् ।

मंगलबारको पदाधिकारी बैठकले कार्यदलले तयार पारेको प्रतिवदेनका आधारमा ठोस कार्यविभानजन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरालाई दिएको हो ।

१२ माघमा सुरु भएको स्थायी समितिको बैठकले महासचिव देव गुरुङको नेतृत्वमा उपमहासचिवहरु रहेको कार्यदललाई कार्यविभाजनबारे प्रस्ताव ल्याउने जिम्मेवारी दिएको थियो ।

कार्यदलले नीतिगत विषय मात्रै राखेर प्रतिवदेन तयार पारेकाले त्यसबारे ठोस निर्णय लिने अधिकार अध्यक्ष र उपाध्यक्षलाई दिएको माओवादी केन्द्रका नेता पेशल खतिवडाले जानकारी दिए।

‘कार्यदलले नीतिगत कुराहरु राखेर रिपोर्ट पदाधिकारीमा पेश गरेको हो,’ उनले भने, ‘आजको पदाधिकारीको बैठकले त्यसलाई अलि अलि परिमार्जन गरेको छ। त्यसलाई ठोस गर्न चाहिँ पात्र, पात्रमा गएर गर्नुपर्ने रहेछ । त्यसको जिम्मा अध्यक्ष र उपाध्यक्षलाई दिइएको छ।’

अध्यक्ष र उपाध्यक्षहरुले बुधबार १२ बजे बस्ने पदाधिकारी बैठकमा ठोस प्रस्ताव लिएर आउने र त्यसपछि १ बजे बस्ने स्थायी समितिबाट त्यसलाई अनुमोदन गरिने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com