ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी


एबीसी / संवाददाता

काठमाडौँ, १५ माघ । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । धेरै मानिसलाई कुष्ठरोगको पहिलो लक्षणको रुपमा छालामा फिक्का दाग आउनु वा औँलाहरु सुनिने गर्दछ । चिकित्सकका अनुसार कुष्ठरोगले मुख्यतया स्नायु र छालालाई असर गर्दछ । समयमा उपचार नगरिएमा, यसले स्नायु क्षति, अनुभूति (सनसनी) गुमाउने र हात, खुट्टा र अनुहारको मांसपेशिको पक्षाघात गराउन सक्छ ।

विश्वका सय भन्दा बढी देशमा वार्षिक दुई लाखभन्दा बढी व्यक्तिलाई कुष्ठरोगको लक्षण देखिने गरेको छ । सरकारले सन् २०१० को जनवरीमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि अहिलेसम्म नेपालमा पूर्ण रुपमा कुष्ठरोग निवारण भने भइसकेको छैन । आर्थिक वर्ष २०७९/८० मा नेपालमा दुई हजार २८५ नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन् । नयाँ भेटिएका बिरामीमध्ये मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगका विरामी रहेका छन् ।

सरकारी तथ्यांकअनुसार मधेस प्रदेशमा नौ सय १० जना, लुम्बिनी प्रदेशमा पाँच सय ८१ जना, प्रदेश नम्बर १ मा तीन सय ४५ जना, सुदूरपश्चिम प्रदेशमा दुई सय पाँच जना, कर्णाली प्रदेशमा ६८ जनालाई कुष्ठरोग भेटिएको छ । गण्डकी र बागमती प्रदेशमा भने अन्य प्रदेशको तुलानामा कुष्ठरोगीको सङ्ख्या कम रहेको छ । १६ जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी रहेको छ । जसमा झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम रहेका छन् । मधेस प्रदेशको सप्तरीबाहेक सबै जिल्लामा अहिले कुष्ठरोगका बिरामी रहेको तथ्यांक छ ।

नेपालमा रहेका कुल कुष्ठरोगीमध्ये मधेस प्रदेशमा मात्र ४० प्रतिशत कुष्ठरोगी भेटिएका हुन् । मधेस प्रदेशमा धेरै कुष्ठरोगी भेटिएसँगै यतिबेला कुष्ठरोगसँग काम गर्ने सरकारी तथा गैरसरकारी संस्था मधेस केन्द्रित हुन थालेका छन् ।

सन् १९७५ देखि नेपालको कुष्ठरोग क्षेत्रमा काम गर्दै आएको एनआरएल नेपालले अहिले मधेस प्रदेशको महोत्तरी र धनुषा जिल्लामा कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको छ । एनआरएल नेपालले कुष्ठरोग नियन्त्रण (पेप प्लस प्लस) कार्यक्रमअन्तर्गत महोत्तरी र धनुषा जिल्लाका ३३ स्थानीय तहमा कुष्ठरोगका बिरामीसँगका सम्पर्क व्यक्तिको पहिचान गर्नुका साथै उनीहरुलाई सचेतनामूलक कार्यक्रम तथा औषधि वितरण गर्दै आएको छ ।

एनआरएल कुष्ठरोग नियन्त्रण कार्यक्रमका संयोजक डा.रविन्द कुशवाह अहिलेसम्म महोत्तरीका पाँच र धनुषाका चार स्थानीय तहका पाँच हजार सात सय ९५ सम्पर्क व्यक्तिलाई औषधि वितरण गरिसकेको बताउनुहुन्छ । “महोत्तरी र धनुषामा रहेका कुष्ठरोगी र उनीहरुका सम्पर्क व्यक्तिको पहिचान गरी उनीहरुलाई कुष्ठरोग लाग्न नदिन औषधि खानका लागि सल्लाह दिँदै औषधीसमेत वितरण गर्दै आएका छौँ”, उनी भन्छन्।

एनआरएल नेपालका कार्यकारी निर्देशक विकासमान सिंह कुष्ठरोग मुक्त नेपाल घोषणा गर्ने लक्ष्यका साथ एनआरएल नेपालले काम गर्दै आइरहेको बताउँछन् । कार्यकारी निर्देशक सिंह धनुषा र महोत्तरीमा कुष्ठरोगी र उनीहरुका सम्पर्क व्यक्तिको पहिचान गरी चार लाखभन्दा बढी व्यक्तिलाई औषधि वितरण गर्ने लक्ष्यका साथ एनआरएलले काम गरिरहेको बताउँछन् ।

“एनआरएलले स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकासँग सहकार्य गरेर कुष्ठरोगी र उनीहरुको सम्पर्क व्यक्तिको पहिचान गरी औषधि प्रदान गर्दै आइरहेको छ”, उनी भन्छन् । कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको अर्को संस्था द ल्याप्रोसी मिसन नेपालले मधेस प्रदेशको बारा, पर्सा र रौतहटमा कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको छ । मिसनका कार्यक्रम निर्देशक यामनाथ योगी तीनै सरकारको सहकार्यमा मिसनले कुष्ठरोग रोकथामको क्षेत्रमा तीन जिल्लामा काम गर्दै आएको बताउनुहुन्छ । यसबाहेक उक्त मिसनले ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित आनन्दवन अस्पताल समेत सञ्चालन गरी कुष्ठरोग निवारणको क्षेत्रमा काम गर्दै आएको छ ।

मधेस प्रदेशमा कुष्ठरोगका बिरामी बढी देखिएपछि यसको उपचार तथा रोकथाममा मधेस प्रदेशले पनि चासो देखाएको छ । मधेस प्रदेशमा कुष्ठरोगका बिरामी उपचार गर्नका लालगढ कुष्ठरोग अस्पताल तथा सेवा केन्द्र रहेको छ । उक्त अस्पताल नेपाल लेप्रोसी ट्रष्टअन्तर्गत समाज कल्याण परिषद्मा दर्ता भएर सञ्चालनमा रहेको हो ।

मधेस प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा.मुक्तिनारायण शाह कुष्ठरोगका बिरामी पत्ता लगाउन तथा उपचार गर्न लालगढ कुष्ठरोग अस्पताल तथा सेवा केन्द्रको सहयोगमा हरेक जिल्लामा महिनाको एक दिन कुष्ठरोगको शिविर सञ्चालन गर्न लागिएको बताउँछन् ।

लालगढ कुष्ठरोग अस्पताल तथा सेवा केन्द्रले अहिले दैनिक चारसय छालाका रोगी तथा कुष्ठरोगीको उपचार गर्दै आएको छ । अस्पतालका उपनिर्देशक कृष्णबहादुर तामाङ ९२ शय्यामार्फत् लालगढ अस्पतालले छाला तथा कुष्ठरोगीका बिरामीको उपचार गर्दै आइरहेको बताउँछन् । “लालगढ अस्पताल आउने बिरामीमध्ये ८० प्रतिशत नेपाली र २० प्रतिशत भारतीय रहेका छन्”, उनी भन्छन् ।

लालगढ अस्पतालका तालिम अधिकृत अरविन्द शाह खुला सिमानाका कारण भारतबाट धेरै बिरामी लालगढ अस्पतालमा उपचारका लागि आउने गरेको बताउँछन् । कुष्ठरोगको लक्षण देखिएका मानिसले समयमै उपचार गरे भयावहको स्थिति सिर्जना नहुने उनको भनाइ छ ।

मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका कुष्ठरोग, क्षयरोग तथा एचआइभी एड्स शाखाका प्रमुख राजवीर यादव तीनै तहको सरकार र विभिन्न गैरसरकारी संस्था मिलेर काम गर्नसके कुष्ठरोगलाई मधेसबाट चाँडो निवारण गर्न सकिने बताउँछन् । कुष्ठरोग नियन्त्रणका लागि राजनीतिक प्रतिबद्धताको खाँचो रहेको उनको भनाइ छ । कुष्ठरोग निवारणका लागि मधेस प्रदेशले वार्षिक वजेट विनियोजन गरेर काम गरिरहेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com