ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेस्तोलसहित जनकपुरबाट दुई युवक पक्राउ


एबीसी / संवाददाता
माघ १५, २०७९ आईतबार  ७ : ०३ बजे

धनुषा, १५ माघ । धनुषा प्रहरीले पेस्तोल बेच्ने र खरिद गर्ने दुवैलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पेस्तोल खरिद गरेका धनुषा मिथिला नगरपालिका वडा नम्बर ६ बस्ने २८ वर्षीय रोशन महतो र बेच्ने सोही ठाउँ बस्ने २६ वर्षीय शंकर महतो रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त टोलीले दुवै जनालाई मिथिला नगरपालिका–२ नक्टाझीस्थित विश्वकर्मा चोकबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

शंकाको आधारमा रोशनलाई जाँच गर्दा प्रहरीले माउजर पेस्तोल एक थान, पेस्तोलमा लोड गरिएको म्याग्जिन एक थान र म्याग्जिनमा लोड भएको गोली दुई थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बिहीबार राति करिब ८ बजेको समयमा मिथिला नगरपालिका–२ विश्वकर्मा चोकमा एक पुरुष पेस्तोल बोकेर गइरहेको गोप्य सूचनाका आधारमा खटेको प्रहरी टोलीले रोशनलाई शंकास्पद अवस्थामा पक्राउ गरेको थियो ।

पक्राउ परेका रोशनसँग प्रहरीले सोधपुछ गर्दा हतियार सोही ठाउँ बस्ने शंकर महतोसँग ५० हजार दिई बाँकी २० हजारपछि दिने शर्तमा धनुषाको जटहीस्थित सीमानाकाबाट खरिद गरेर ल्याएको प्रहरीलाई दिएको वयानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

हतियार बिक्री गर्ने शंकर महतोलाई तत्कालै पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक खड्काले आज पत्रकार सम्मेलनमार्फत् जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

सम्बन्धित

ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ

रवि लामिछानेको अर्को तारिख वैशाख १४ गते

सरकारले तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थाल्यो

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

पूर्वगृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com