ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काम नै नगरी बुझ्छन् कर्मचारी तलबभत्ता 


एबीसी / संवाददाता
माघ १३, २०७९ शुक्रबार  ६ : १५ बजे

सुर्खेत, १३ माघ ।  जाजरकोट जुनीचाँदे गाउँपालिकामा कार्यरत केही कर्मचारीहरु कार्यालयमा नआए पनि तलबभत्ता भने बुझ्ने गरेको खुलासा भएको छ । अधिकांश स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी नेपालगञ्ज, सुर्खेत बसेर गाउँपालिकाबाट तलबभत्ता बुझ्ने गरेको पाइएको हो । जुनीचाँदे गाउँपालिकाको आधारभूत स्वास्थ्य इकाइ दह करुवामा कार्यरत अहेव सुवास शाही गत २९ मंसिरदेखि कार्यालय गएका छैनन् ।

उनी अध्ययनका लागि दुई महिनादेखि काठमाडौँमा छन् । काठमाडौँ बसे पनि नियमित रुपमा उनले गाउँपालिकाबाट तलबभत्ता खाँदै आएका छन् । गएको साउन महिनादेखि अहिलेसम्म कार्यालयमा नियमित छैनन् । पछिल्लो पटक मंसिर महिनामा स्वास्थ्य कार्यालय आएको उनी हाजिर गरेर गएको स्वास्थ्यकर्मीहरू नै बताउँछन् ।

मंसिरपछि उनी कार्यालयमा फर्किएका छैनन् । हाजिरी रजिष्ट्ररमा २०७९ मंसिर २९ गतेसम्म हाजिर गरेका छन् । तर, पालिकाले शाहीलाई पुस महिनासम्मको तलबभत्ता बुझाएको छ । कार्यालयले हाजिर प्रमाणित भएर तलब निकासा दिने गरेको छ । स्थानीयहरूका अनुसार शाहीको आधा तलब कार्यालयका पावरवाला व्यक्तिले लिन्छन् । कार्यालयकै मिलेमतोमा शाहीले काठमाडौँमा बसेको र गाउँपालिकाबाट सेवासुविधा लिँदै आएको जनप्रतिनिधिहरू बताउँछन् ।

जुनीचाँदे गाउँपालिकाको सामुदायिक इकाइ स्यालागाउँमा कार्यरत जीवनसागर शाही र कृष्ण शाही पनि लामो समयदेखि सुर्खेतमा छन् । दुवै जना अध्ययनका लागि सुर्खेत झरेका हुन् । उनीहरूलाई पनि स्वास्थ्य शाखाले सुटुक्क अध्ययनका लागि सुर्खेत पठाएको हो । उनीहरूले गएको साउनदेखि कार्यालयमा हाजिर गरेका छैनन् । हाजिर नगरे पनि नियमित रुपमा सेवासुविधा लिँदै आएका छन् ।

सोही गाउँपालिका डाँडाकोट स्वास्थ्य शाखाका डाक्टर हरिबहादुर शाही पनि सुर्खेत पुगेका छन् । उनलाई पनि स्वास्थ्य शाखाले नै अध्ययनका लागि बाहिर पठाएको हो । सुर्खेत बसेर पढे पनि स्वास्थ्यकर्मी शाहीले गाउँपालिकाबाट नियमित रुपमा तलबभत्ता खाँदै आएको गाउँपालिकाको स्रोतले जनाएको छ ।

उल्लेखित घटना केही प्रतिनिधि पात्र मात्रै हुन् । जुनीचाँदेका पावरवाला अधिकांश कर्मचारीहरू सुर्खेत, काठमाडौँ लगाएका सहरमा छन् । अध्ययनका लागि सहर पसेका कर्मचारीहरूले भने गाउँपालिकाबाट नियमित तलबभत्ता लिँदै आएको गाउँपालिकाको स्रोतले बताएको छ । जनप्रतिनिधि र सम्बन्धित शाखा प्रमुखसँग राम्रो सम्बन्ध भएका करार कर्मचारीहरू अध्ययनका लागि सुर्खेत, काठमाडौँ पुगेका हुन् । पावरवाला कर्मचारीहरू वर्षको दुइदेखि चारपटक मात्र स्वास्थ्य संस्थामा पुग्ने गरेको गुनासो जनप्रतिनिधिहरू पोख्छन् ।

पालिकाका विभिन्न २२ वटा स्वास्थ्य संस्थाहरूमा करार स्वास्थ्यकर्मी ६६ जना कर्मचारीहरू कार्यरत छन् । ती कर्मचारीमध्ये दर्जनौँ कर्मचारीहरूले काम नै नगरी गाउँपालिकाबाट तलबभत्ता बुझ्ने गरेका हुन् ।

गाउँमै भएका केही कर्मचारी कार्यालय नियमित जाँदैनन्, केही कर्मचारी भने सुर्खेत, काठमाडौँमा बसेर अध्ययन गर्दै आएका छन् । नियमित कार्यालयमा नजाने कार्मचारीहरूलाई भने गाउँपालिकाले नियमित रुपमा सेवासुविधा दिने गरेका जनप्रतिनिधिहरूनै स्वीकार गर्छन् ।

यता स्वास्थ्य संस्थाहरूलाई चुस्तदुस्त बनाउनुपर्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीले भने कुनै पनि कर्मचारीले विदामा वा अध्ययनमा नगएको दाबी गरेका छन् । केही कर्मचारीहरू काजमा अन्यत्र गए पनि अध्ययन र बिदामा कुनै कर्मचारी नगएको बताउँछन् । उनी आफैँ गाउँपालिकाको कामको लागि भन्दै काठमाडौँमा छन् ।

स्वास्थ्य संस्थाको समग्र नेतृत्व स्वास्थ्य शाखा सहसंयोजक योज्ञेश्वर बस्नेतले हेर्दै आएका छन् । बस्नेत आफैँले सबै स्वास्थ्य संस्थामा पुगेर कर्मचारीको अवस्था अध्ययन, अनुगमन गरेका थिए । उनी अनुगमनमा जाँदा अध्ययनका लागि पालिका बाहिर रहेका कर्मचारीहरू कार्यालयमा फर्किएका थिए । सोही समयमा कर्मचारीहरूले एकैपटक महिनादिनको हाजिर गरेर फर्किएको जनप्रतिनिधिहरू बताउँछन् । कर्मचारीहरू उपस्थित भए÷नभएको बारेमा जानकारी लिन खोज्दा कर्मचारीहरूले आफूलाई नटेर्ने जनप्रतिधिहरू बताउँछन् ।

जुनीचाँदे गाउँपालिका–५ का वडाध्यक्ष जयबहादुर बस्नेत, वडा ३ का वडाध्यक्ष जयबहादुर खड्काले कर्मचारीले आफूहरुलाई नटेरेको बताए । जानकारी नदिएर आफूखुसी कर्मचारीहरु जहाँ मन लागे त्यही जाने गरेको उनीहरुको गुनासो छ ।

पालिकाको एम्बुलेन्स उपाध्यक्षको नाममा
गाउँपालिकाले सञ्चालन गर्दै आएको बा १४ च ८९७२ नम्बरको एम्बुलेन्स सात महिनदेखि बन्द भएको छ । एम्बुलेन्समा समस्या आएपछि सात महिनादेखि काम नगर्ने भएको हो ।

सरकारी नम्बर प्लेटसमेत राखिएको उक्त एम्बुलन्स बिग्रिएको सात महिनासम्म सरोकारवाला निकाय मौन रहेको बताएको छ । गाउँपालिका अध्यक्ष वेदबहादुर शाहीले भने पुरानो एम्बुलेन्स खरिद गरेका कारण पटक–पटक बिग्रने गरेको बताए ।

एम्बुलेन्स खरिदमै घोटाला भएकोले तत्काल छानबिन गर्न पहल गर्ने उनले बताए । एम्बुलेन्स निकै पुरानो भएका कारण अब कवाडमा बिक्री गर्ने तयारी गरेको छ ।  यस्तै ४ वर्ष पहिला जिल्ला समन्वय समितिबाट गाउँपालिकाले ल्याएको गाडी पनि बिग्रेर थन्काइएको छ । सो गाडी सुर्खेतमा थन्काएको हो । स्रोतका अनुसार एम्वुलेन्स गाउँपालिका उपाध्यक्ष बीरेन्द्र शाहीको नाममा रहेको छ । कर्णबहादुर शाहीको गाडीलाई काठमाडौँमा लिएर मर्मत गरी एम्बुलेन्स बनाएर पालिकाको उपाध्यक्ष शाहीको नाममा नामसारी गरी पालिकाको नाममा नगरेको पाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मिडियाले नरसंहारलाई कसरी ‘बेचिरहेको’ छ? : गाजा संहारको कथा

जनतालाई न्याय दिन अध्यादेश ः रास्वपा नेता, आले । भिडियो

सम्बन्धित

विपक्षीले छाडेनन् अवरोध दोस्रो बैठक पनि स्थगित

एमाले नेता थापाको रास्वपालक्षित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

राष्ट्रिय सभामा काँग्रेसको प्रश्नः प्रधानमन्त्रीले अपनत्व नै नलिएको नीति तथा कार्यक्रममाथि छलफल किन गर्ने ?

सरकारसँग सांसदहरुको मागः किसानलाई मलको अभाव नहोस्, अवरुद्ध चिया निर्यात सहज गरियोस्

धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुग्यो

सरकारलाई सांसद अधिकारीको प्रश्तावः विश्वको सर्वोच्च शिखर सगरमाथाको शीतलतालाई मुलुकको अर्थतन्त्रको बलियो आधार बनाऔं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com