ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको आकाशमा शीतयुद्ध मडारिएको छ, सचेत बनौं : नेका नेता पौडेल


ABC NEWS

 

 

काठमाडौं १० माघ । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले नेपालको आकाशमा शीतयुद्ध मडारिएको चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै पौडेलले नेपालभित्र विभिन्न समस्या त छन् नै । त्यसमाथि नेपाली आकाशमा शीतयुद्ध मडारिएको बताएका हुन् ।

 

भूराजनीतिक दबाबसहित नेपाली आकाशमा शीतयुद्ध मडारिएको भन्दै पौडेलले यसको सामना गर्न सर्वदलीय सहमतिअनुसार अघि बढ्नुपर्ने बताए ।

 

पौडेलले यसका लागि देशमा राष्ट्रिय सहमतिको आवश्यक रहेको आह्वान गरे । पौडेलले राष्ट्रिय सहमतिका लागि विशेषगरी तीन कारण रहेको धारणा राखे ।

विशेषगरी देशको कमसल आर्थिक अवस्थालाई अन्त्य गर्न, भूराजनीतिक दबाबको सामना गर्न र शान्तिप्रक्रियालाई पूर्णता दिन राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उनले राष्ट्रिय सहमतिको आह्वानलार्ई आफ्नो व्यक्तिगत स्वार्थसँग नहेरिदिन पनि आग्रह गरे ।

भूराजनीतिक दबाबसहित नेपाली आकाशमा शीतयुद्ध मडारिएकोले यसको सामना गर्न राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उनले देशमा राष्ट्रिय नेतृत्व र आत्मविश्वासको समेत अभाव रहेको आफूले महसुस गरेको बताए ।

सत्ता केन्द्रित राजनीतिले देशमा संकट देखापरेको भन्दै उनले अब राष्ट्रिय सहमतिमात्र नेतृत्वले विश्वास आर्जन गर्दैै समस्या समाधान गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम गरी देशको विकास र समृद्धिका लागि दलहरु एकजुट हुनुपर्ने उनको भनाइ छ ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूले स्वार्थका लागि राष्ट्रिय सहमतिको प्रस्ताव नउठाएको दाबी गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बौल्दै सांसद पौडेलले अहिले मूलतः तीन कारणले राष्ट्रिय सहमतिको खाँचो रहेको बताए ।

 

‘मैले अहिले मात्रै होइन, पहिलेदेखि नै राष्ट्रिय सहमतिको कुरा गर्दै आएँ । तर कतिपयलाई आफ्नो स्वार्थका लागि राष्ट्रिय सहमति खोज्यो भन्ने हुनसक्छ, तर त्यो होइन,’ उनले अघि भने, ‘म पहिलेदेखि नै राष्ट्रिय सहमतिको पक्षमा उभिएर आएको हुँ । देशलाई संकटबाट मुक्त गर्नु हामी सबैको कर्तव्य हुन जान्छ ।’

नेता पौडेलले अहिले मुलुकको कमसल अर्थतन्त्र, भूराजनीतिक दबाब र शान्ति प्रक्रियाका कामको पूर्णताका लागि राष्ट्रिय सहमति जरुरी रहेको बताए । ‘हाम्रो देशको अर्थतन्त्र अहिले कमसल बनेको छ । देशको आर्थिक समृद्धिका लागि दलहरू मिल्नु आवश्यक छ,’ उनले भने, ‘अर्को हामीमाथि नयाँ भूराजनीतिक दबाब छ, हाम्रो आकाशमाथि शीतयुद्ध मडारिरहेको छ । हिजो शीतयुद्ध युरोपको आकाशमा मडारिएको थियो, अहिले हाम्रो हिमालमाथि चलिरहेको छ । स्विजरल्यान्डले कसरी आफूलाई बचयो, नेपालले त्यसबाट पाठ सिक्नु जरुरी छ ।’

नेता पौडेलले शान्ति प्रक्रियाका बाँकी कामहरूलाई यथाशीघ्र पूर्णता दिनुपर्ने र त्यसकालागि भए पनि दलहरूबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताए । ‘हाम्रो शान्ति प्रक्रिया अझै टुंगिएको छैन । यसलाई टुंगोमा पुर्‍याउनु हाम्रो कर्तव्य हो । शान्ति प्रक्रियाका जति पनि बाँकी काम छन्, द्वन्द्वका घाउहरू छन्, त्यहाँ हामीले मलम लगाउन सक्नुपर्छ,’ उनले भने ।

पौडेलले देशमा संघीयतासँगै कुशासन मौलाएको र भ्रष्टाचारीहरूले दलीय संरक्षणमा मनमौजी गरिरहेको आरोप लगाए । ‘नागरिकले सुशासन चाहेका छन् । तर, हामी कहाँ सुशासनको अवस्था दयनीय छ, वास्तबमा देशभर कुशासन मौलाएको छ,’ उनले भने, ‘हामीले शासकीय विकेन्द्रीकरण त गर्‍यौँ, तर भ्रष्टाचारको पनि विकेन्द्रीकरण भएको छ । एउटा भ्रष्टाचारीलाई हामीले कारबाही गर्न सकिरहेका छैनौँ । दलहरूले अपराधीलाई संरक्षण दिने र प्रोत्साहन दिने प्रवृत्तिलाई हामीले सधैंका लागि अन्त्य गर्नुपर्नेछ ।’

 

उनले मुलुकको राजनीति चुनौतीपूर्ण परिस्थितिबाट अघि बढिरहेकाले यसबाट बाहिर निकाल्नका लागि पनि राष्ट्रिय सहमति आवश्यक हुने बताए ।

नेता पौडेलले मुलुकमा नेतृत्वको अभाव भएजस्तो महसुस भइरहेको बताए । ‘नेतृत्वको अभाव जस्तो महसुस हुँदैछ । राष्ट्रिय नेतृत्व र आत्मविश्वासको अभाव देखिरहेको छु । सत्ताको राजनीतिको दबदबा बनेको अवस्था छ,’ पौडेलले प्रश्न गर्दै भने, ‘निष्ठाको राजनीति किनारा लाग्दा निराशाका घण्टीहरू बजिरहेका छन् । नकारात्मक प्रवृत्तिले प्रोत्साहन पाइरहेको छ । असन्तुष्टिको घण्टी त बजिसक्यो, अब त्यसलाई सम्बोधन गर्न दलहरू एकतावद्ध हुने कि नहुने रु’

उनले नेतृत्वले आत्मविश्वास गुमाएका कारण अहिलेको संकट पैदा भइरहेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि समेत सबै राजनीतिक दलहरू एक ठाउँमा उभिन सक्नुपर्ने बताए । ‘हाम्रो संविधान संकटमा परिरहेको महसुस हुन्छ । लोकतन्त्र जकडिएको अवस्थामा छ, अति दलबन्दीबाट लोकतन्त्र जकडिएको छ । पुर्वाग्रहहरूबाट लोकतन्त्र जकडिएको छ । विभाजित मानसिकताबाट ग्रसित बनेको छ,’ उनले भने, ‘त्यसैले लोकतन्त्र सत्ताको खेलमा जकडिएको छ । यस्तो खेलबाट लोकतन्त्रको संमृद्ध हुन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com