ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गलत, सूमहभित्रका अन्तर्घाती को को हुन ? : शेखर कोइराला


ABC NEWS
माघ ८, २०७९ आईतबार  ११ : ४२ बजे

 

काठमाडौं ८ माघ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिवएर गल्ती गरेको स्वीकार गरेका छन् ।

संस्थापनइतर पक्षका नेताहरूसँगको बैठकमा बोल्दै नेता कोइरालाले विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका हुन् ।

आफूले तटस्थ बसौ भनेर प्रस्ताव राखेको तर सुनुवाइ नै नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिन सभापतिजीलागेको कोइरालाको आरोप छ ।

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुन्थेन। दिएर गल्ती गरियो। तटस्थ बसौ भनेर मैले प्रस्ताव राखेको थिएँ’, उनले थपे, ‘कार्य सम्पादन समितिमा मैले राखेको प्रस्तावको सुनुवाइ भएन । बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि त्यसलाई मान्नु पर्ने बाध्यता भयो।’

सभापति शेरबहादुर देउवाको प्रस्तावमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायत चार जना नेताले विश्वासको मत दिने निर्णयमा नोट अफ डिसेन्ट लेखेका थिए । तर मतदानमा भने उनीहरु सहभागी भएका थिए ।

अन्तरघातीको खोजी
कोइराला समूहको बैठकमा नेताहरुले संसदीय दलमा आफ्नो समूहको मत एकीकृत हुन नसक्नुको कारण खोजेका छन् ।

संसदीय दलको नेताको चुनावमा आफ्नो समूहका उम्मेदवार गगन थापाले समूहकै मत पनि नपाएको विषय उठाउँदै नेताहरूले त्यसको कारण खोजेका हुन् ।

बैठकमा सहभागी भएका एक नेताले प्रश्न गरे, ‘टिममा भोट त आउनुपर्ने हो । कि टिम भन्दै हिँड्नु भएन । टिमको नेता क्लियर हुनुपर्छ । अन्तिम समयसम्म हाम्रो टिमको उम्मेदवार किन चयन गर्न सकेनौं ?

नेता चन्द्र भण्डारीले निर्वाचनमा गठबन्धन बनाएपनि सरकार बन्ने बेला गठबन्धन किन टुट्यो, कमजोरी कहाँ भयो ? भन्ने समीक्षा भएको बताए । ‘सरकारलाई किन विश्वासको मत दियौँ ? कांग्रेस किन कन्फ्युजनमा ? स्पष्ट दृष्टिकोण किन हुन सकेन ? यस्तै प्रश्नसहितका धारणा नेताहरूले राख्नुभयो’, भण्डारीले भने, ‘अव कांग्रेस प्रमुख प्रतिपक्षमा बस्ने वा राष्ट्रपति पाउँछ कि पाउँदैन भनेर हिँड्ने ? यसबारे पार्टीको लाइन प्रस्ट हुनुपर्छ भन्ने मत आएको छ ।’

उनले पार्टीभित्र पनि विचारका दोकानहरू धेरै भएको भन्दै आगामी दिनमा सदन र केन्द्रीय समिति बैठकमा एकमतका साथ प्रस्तुत हुनुपर्नेमा नेताहरूको भनाइ आएको बताए ।

‘१० गते बिहान सदनमा जानुअघि एउटा धारणा बनाउँछौँ  । छलफल बल्ल सुरु भएको छ । विश्वासको मत दिएर गल्ती गरियो भन्ने आउटपुट आउदैछ । माओवादीलाई ढोका बन्द गर्नु हुदैन थियो भन्ने तर्क पनि आएको छ’, भण्डारीको भनाइ छ ।

६ पुसमा भएको संसदीय दलको चुनावमा सभापति देउवा ६४ मतका साथ संसदीय दलको नेता चुनिदा गगन थापाले जम्मा २५ मत मात्रै पाएका थिए । कोइराला समूहको दावी ३१ जना दलमा रहको भन्ने छ । थापालाई महामन्त्री विश्वप्रकाश शर्मा र अर्का युवा नेता प्रदीप पौडेलसमेतले समर्थन गरेका थिए ।
पछिल्लो राष्ट्रिय राजनीति र पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्न कोइरालापक्षको बैठक  बत्तीसपुतलीमा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय जेनजी–नागरिक अभियानले भन्याे-सरकार जनतामाथि क्रुर बन्याे

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

सम्बन्धित

अमेरिकामाथि नेपालको शानदार जित

असार १५ सम्मको संसदीय क्यालेन्डरमा परेन प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम

रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक

सी जिनपिङसँग वार्तालगत्तै ट्रम्पको चेतावनी–ताइवानले आफूलाई स्वतन्त्र घोषणा नगरोस्

एमालेको सचिवालय बैठक सर्यो, सोमबार अध्यक्ष ओलीकै निवासमा बस्ने

सीईओ पाण्डेलाई हाजिरी जमानीमा छाड्न सर्वोच्चको आदेश, भेटिएन थुनेर अनुसन्धान गर्नुपर्ने कारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com