ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गलत, सूमहभित्रका अन्तर्घाती को को हुन ? : शेखर कोइराला


ABC NEWS

 

काठमाडौं ८ माघ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिवएर गल्ती गरेको स्वीकार गरेका छन् ।

संस्थापनइतर पक्षका नेताहरूसँगको बैठकमा बोल्दै नेता कोइरालाले विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका हुन् ।

आफूले तटस्थ बसौ भनेर प्रस्ताव राखेको तर सुनुवाइ नै नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिन सभापतिजीलागेको कोइरालाको आरोप छ ।

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुन्थेन। दिएर गल्ती गरियो। तटस्थ बसौ भनेर मैले प्रस्ताव राखेको थिएँ’, उनले थपे, ‘कार्य सम्पादन समितिमा मैले राखेको प्रस्तावको सुनुवाइ भएन । बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि त्यसलाई मान्नु पर्ने बाध्यता भयो।’

सभापति शेरबहादुर देउवाको प्रस्तावमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायत चार जना नेताले विश्वासको मत दिने निर्णयमा नोट अफ डिसेन्ट लेखेका थिए । तर मतदानमा भने उनीहरु सहभागी भएका थिए ।

अन्तरघातीको खोजी
कोइराला समूहको बैठकमा नेताहरुले संसदीय दलमा आफ्नो समूहको मत एकीकृत हुन नसक्नुको कारण खोजेका छन् ।

संसदीय दलको नेताको चुनावमा आफ्नो समूहका उम्मेदवार गगन थापाले समूहकै मत पनि नपाएको विषय उठाउँदै नेताहरूले त्यसको कारण खोजेका हुन् ।

बैठकमा सहभागी भएका एक नेताले प्रश्न गरे, ‘टिममा भोट त आउनुपर्ने हो । कि टिम भन्दै हिँड्नु भएन । टिमको नेता क्लियर हुनुपर्छ । अन्तिम समयसम्म हाम्रो टिमको उम्मेदवार किन चयन गर्न सकेनौं ?

नेता चन्द्र भण्डारीले निर्वाचनमा गठबन्धन बनाएपनि सरकार बन्ने बेला गठबन्धन किन टुट्यो, कमजोरी कहाँ भयो ? भन्ने समीक्षा भएको बताए । ‘सरकारलाई किन विश्वासको मत दियौँ ? कांग्रेस किन कन्फ्युजनमा ? स्पष्ट दृष्टिकोण किन हुन सकेन ? यस्तै प्रश्नसहितका धारणा नेताहरूले राख्नुभयो’, भण्डारीले भने, ‘अव कांग्रेस प्रमुख प्रतिपक्षमा बस्ने वा राष्ट्रपति पाउँछ कि पाउँदैन भनेर हिँड्ने ? यसबारे पार्टीको लाइन प्रस्ट हुनुपर्छ भन्ने मत आएको छ ।’

उनले पार्टीभित्र पनि विचारका दोकानहरू धेरै भएको भन्दै आगामी दिनमा सदन र केन्द्रीय समिति बैठकमा एकमतका साथ प्रस्तुत हुनुपर्नेमा नेताहरूको भनाइ आएको बताए ।

‘१० गते बिहान सदनमा जानुअघि एउटा धारणा बनाउँछौँ  । छलफल बल्ल सुरु भएको छ । विश्वासको मत दिएर गल्ती गरियो भन्ने आउटपुट आउदैछ । माओवादीलाई ढोका बन्द गर्नु हुदैन थियो भन्ने तर्क पनि आएको छ’, भण्डारीको भनाइ छ ।

६ पुसमा भएको संसदीय दलको चुनावमा सभापति देउवा ६४ मतका साथ संसदीय दलको नेता चुनिदा गगन थापाले जम्मा २५ मत मात्रै पाएका थिए । कोइराला समूहको दावी ३१ जना दलमा रहको भन्ने छ । थापालाई महामन्त्री विश्वप्रकाश शर्मा र अर्का युवा नेता प्रदीप पौडेलसमेतले समर्थन गरेका थिए ।
पछिल्लो राष्ट्रिय राजनीति र पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्न कोइरालापक्षको बैठक  बत्तीसपुतलीमा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com