ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपसभामुख सत्ता गठबन्धनकी इन्दिरा रानामागर निर्वाचित


ABC NEWS
माघ ७, २०७९ शनिबार  ५ : २५ बजे

 

काठमाडौं ७ माघ । प्रतिनिधि सभाको उपसभामुख पदमा सत्ता गठबन्धनकि इन्दिरा रानामगर निर्वाचित । संसदमा २६४ उपस्थित मध्ये इन्दिरा राना मगरलाई जम्मा १६६ मत ल्याई निर्वाचित भएकी छन् ।

प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्‍यो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे ।

इन्दिराई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरे ।

नेपाली कांग्रेसले भने उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको थियो । प्रतिनिधिसभामा पहिले इन्दिरा रानामगरलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा उनी सभामुखमा निर्वाचित भएकाले कांग्रेसको प्रस्तावमाथि छलफल नै भएन ।

रास्वपाकी सोविता गौतमलाई उपसभामुख बनाउने प्रारम्भिक चरणमा चर्चा भए पनि सत्ता साझेदार दलहरूले रानामगरलाई उपसभामुख बनाउने निर्णय गरेको थियो ।

लामो समय सामाजिक क्षेत्रमा क्रियाशिल रानामगरको राजनीतिक यात्रा नयाँ हो । गत मंसिर ४ गतेको निर्वाचनअघि मात्रै उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएर राजनीति सुरु गरेकी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई समानुपातिकतर्फबाट सांसद बनाएको थियो । सयौं बालबालिकालाई पालनपोषण र शिक्षादीक्षा दिएर रानामगरले समाजसेवाको क्षेत्रमा प्रसिद्धि कमाएकी छन् ।

समाजसेवाबाट राजनीतिमा प्रवेश गरेकी राना मगर समानुपातिकबाट सांसद निर्वाचित भएकी हुन्। झापाकी ५२ वर्षीया राना मगर आमाबुवासँग कारागार पुगेका बालबालिकालाई आश्रय र शिक्षा दिँदै आएकी छन्। उनी संस्थापक रहेको बन्दी सहायता नेपालले काठमाडौं, भक्तपुर र झापा लगायतका जिल्लामा १२ बालगृह र दुई विद्यालय सञ्चालन गरिरहेको छ।

उनले विभिन्न जिल्लामा बालगृहसमेत सञ्चालन गरेकी छन् ।

काठमाडौँ, भक्तपुर, झापालगायतका जिल्लामा १२ वटा बालगृह र दुई वटा विद्यालय सञ्चालन गरिरहेकी छन् ।

उनले १० वर्षकी हुँदा मात्रै विद्यालयमा गएकी थिइन् । एकै पटक कक्षा ५ मा उनी भर्ना भएकी थिइन् । पढाइलाई उमेरले छेक्दैन भन्ने उदाहरण इन्दिराले पनि दिएकी थिइन्। २०५३ सालमा स्नातक तहसम्म अध्ययन गरेकी थिइन्।

अशोक फेलो २००५ रहेकी उनी एशिया २१ योङ लिडर पब्लिक सर्भिस अवार्ड २००९, वर्ल्ड चिल्ड्रेन प्राइज अनररी अवार्ड २०१४, बीबीसी उत्कृष्ट १०० महिला २०१७, लगायत दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पुरस्कारहरूबाट सम्मानित भइसकेकी छन् ।

उनी अध्यक्ष रहेको बन्दी सहायता नेपाल गैरनाफामूलक, गैरराजनीतिक, एउटा गैरसरकारी सामाजिक संस्था हो ।

काठमाडौंको साँखुमा कच्ची घरबाट शुरू भएको बन्दी सहायता संस्थाद्वारा सञ्चालित विद्यालयमा १२० जना बच्चाहरूलाई पढाउने गरिएको छ । उनले सञ्चालनमा ल्याएको विद्यालयको नाम ‘जुनकिरी स्कुल’ हो।

झापाको खुदनावारीमा बालगृहका लागि करिब दुई बिघा जग्गा खरिद गरी त्यसमा नयाँ पक्की घर बनाई बालगृह स्थापना गरिएको छ । साथै बुट्टाबारीमा डेड कठ्ठा जग्गामा एउटा छुट्टै जुनकिरी पुस्तकालय तथा जुनकिरी प्राथमिक विद्यालय, मनमाया बालगृह र जंगल गार्डेन बालगृह पनि उनले सञ्चालनमा ल्याएकी छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com