ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४५ करोड रुपैया शंकास्पद रुपमा नेपाल भित्र्याएका पृथ्वीबहादुर शाहको समूहविरुद्ध तीन मुद्दाको तयारी


abc

काठमाडौं,६ माघ  । विदेशबाट धमाधम पैसा ल्याइरहेका अछामका पृथ्वीबहादुर शाहको २०७७ साल अन्तिमतिर नेपाल राष्ट्र बैंकले ३० करोड रुपैयाँ रोक्का गर्‍यो । राष्ट्र बैंकले एकपछि अर्को खाता रोक्का राखेपछि उनी राष्ट्र बैंक विरुद्ध सर्वोच्च अदालतमा गए ।

चोलेन्द्रशम्सेर जबरा नेतृत्वको सर्वोच्च ढिलोचाँडो आफू अनुकुल हुने संकेत पाएका उनले राष्ट्र बैंकको निर्देशनमा रोक्का राखिएको रकम फुकुवा हुनुपर्ने माग गरेका थिए ।

२०७८ असारको अन्तिम सातादेखि साउनको दोस्रो साताको अवधिमा शाहले आफ्ना विभिन्न कम्पनीको खातामा रोक्का रकम फुकुवा हुनुपर्ने माग राखी ६ वटा मुद्दा हाले । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको इच्छामा ती सबै मुद्दा न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा पेश भए, तर प्रारम्भिक रुपमा अन्तरिम आदेश हुने प्रकृतिका थिएनन् ।

सरोकारवाला निकायहरुलाई छलफलका लागि बोलाइएपछि जबराले अन्तरिम आदेशको तारतम्य मिलाउँदै गर्दा उनीविरुद्धको आन्दोलन चर्कियो र पृथ्वीबहादुरका मुद्दा अलपत्र परे । सर्वोच्चमा मुद्दा अलपत्र परेपछि उनले अर्थमन्त्री जनार्दन शर्माको सहयोग लिएको देखिन्छ । अर्थमन्त्रीले राष्ट्र बैंकलाई पत्र लेखेर रकम फुकुवा गराउन आग्रह गरेको सार्वजनिक भएपछि अर्थमन्त्री शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बिचको द्धन्द्ध चरम अवस्थामा पुग्यो ।

‘तिनै मुद्दा अहिले उनका लागि थप अप्ठेरो भएको छ’ प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो स्रोतले भन्यो, ‘उनले अदालतमा पेश गरेका रिट निवेदनमा जुन जुन उद्देश्यले रकम ल्याएको दावी गरेका छन्, ती सबै दावी खण्डित हुने गरी पीडितहरुले प्रमाण र उजुरी दिएका छन् । अदालतमा उनले मुद्दामामिला नगरेको भए दुईथरी विवरण भिडाउन यति सहज हुने थिएन ।’ करिव ४५ करोड रुपैया शंकास्पद रुपमा नेपाल भित्र्याएका अछामका पृथ्वीबहादुर शाह र उनको समूह विरुद्ध तीनवटा आरोपमा एकसाथ अनुसन्धान अघि बढेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारी बताउँछन् । ‘प्रहरीले ठगी र संगठित अपराध गरेको आरोपमा अनुसन्धान गरिरहेको थियो’ महानिर्देशक अधिकारीले भने, ‘हामीले बुधबारमात्रै निर्णय गरेर सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धान गर्ने जिम्मेवारी पनि व्यूरोलाई तोकेका छौं ।’

ठगी र संगठित अपराधलाई प्राथमिक अपराध मानिन्छ । त्यसमा आधारित भएर कुनै समूहले सम्पत्ति आर्जन गरेको भए दोस्रो अपराधको रुपमा समेत अनुसन्धान गर्ने र पुष्टि भए ‘सम्पत्ति शुद्धीकरण’को अभियोगमा मुद्दा चलाउने कानूनी व्यवस्था छ ।

व्यूरोका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) उत्तमराज सुवेदीले अमेरिकाबाट र त्यहाँका नागरिकले वारेशमार्फत ठगीको उजुरी दिएकाले त्यसकै आधारमा अनुसन्धान अघि बढेको बताए । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी ईकाई (एफआईयू), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायतका निकायबाट समेत प्रमाण संकलन भइरहेकाले एकसाथ अनुसन्धान अघि बढेको उनी बताउँछन् ।

अहिलेसम्म दुई अमेरिकी नागरिकले जाहेरी दिइसकेका छन् । प्रहरीले पृथ्वीबहादुरको समूहबाट र अरु रुपमा पीडित अमेरिकी नागरिकसँग सम्पर्क गरी जाहेरी संकलन गर्ने प्रयास गरिरहेको छ । एआईजी सुवेदी भन्छन्, ‘ठगी र संगठित अपराधको अनुसन्धानले गति लिएको छ । अपराधकै आधारमा सम्पत्ति आर्जन गरेको अभियोगमा हामीलाई सम्पत्ति शुद्धीकरणको अभियोगमाथि समेत अनुसन्धान गर्न सहज हुनेछ ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा मृत भेटिए

माओवादीबाट हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन

सम्बन्धित

LIVE : बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे संसदमा बहस

पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा मृत भेटिए

माओवादीबाट हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन

उडिरहेको श्री एयरलाइन्सको जहाजको ढोका आकाशमै खुलेपछि

प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण

गलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com