ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एलसी खोल्दा अनिवार्य नगद मार्जिनको व्यवस्था राष्ट्र बैंकले हटायो


ABC NEWS
माघ ५, २०७९ बिहीबार   ८ : १४   बजे

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले एलसी खोल्दा अनिवार्य गरेको नगद मार्जिनको व्यवस्था हटाएको छ। कम्तीमा १० महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति भएपछि राष्ट्र« बैंकले यस्तो निर्देशन जारी गरेको हो ।आर्थिक वर्ष २०७९–८० को पाँच महिनाको आयातलाई आधार मान्दा बै‌किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १० महिनाको वस्तु आयात र ८।७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ।

त्यहीकारण वस्तु आयत गर्दा राख्नुपर्ने नगद मार्जिनको व्यवस्थालाई हटाएको हो।

बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई सर्कुलर जारी गर्दै राष्ट्र बैंकले भनेको छ,‘बैंक तथा वित्तिय संस्थाबाट विदेशी विनिमय कारोबार गर्न यसअघि गरिएको व्यवस्था खारेज गरिएको छ।’

कति छ विदेशी मुद्रा ?
२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६।३ प्रतिशतले वृद्धि भएको छ।

विदेशी मुद्रा सञ्चिति मंसिर मसान्तसम्म आइपुग्दा १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड थियो। २०७९ मंसिर मसान्तमा ३ प्रतिशतले वृद्धि भई ९ अर्ब ८२ करोड कायम भएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा ७.८ प्रतिशतले वृद्धि भई ११ खर्ब ३९ अर्ब २२ करोड पुगेको छ।

बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँगको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १खर्ब ५९ अर्ब ४१ करोड थियो। तर गत मंसिर मसान्तमा ३।८ प्रतिशतले कमी आई १ खर्ब ५३ अर्ब ३४ करोड कायम भएको छ।

गत मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ।

गत वर्षदेखि केही वस्तु आयात प्रक्रिया सुरु गर्दा अर्थात बैंक तथा वित्तीय संस्थाबाट प्रतितपत्र खुल्ला गर्दा नै नगद जम्मा गर्नुपर्ने वयवस्था गरिएको थियो।

प्लास्टिक, माछा र तिनका परिकार, सुपारी, केराउ, केरा, छोकडा, गाडी, मोटरसाइकल, घडी, सजावटका सामग्री, साबुन, स्याम्पु, छाला, मसलाजन्य वस्तु, डेरीका वस्तु, फूल, जनावरका दाना चकलेट, चुइँगम, तास, फुटवेयर, प्लाइउड, चाँदी र मदिरामा नगद मार्जिनको व्यवस्था थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group