ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपप्रधानमन्त्री विष्णु पौडेलले सरकारी घाटा कम गर्न अर्थबाटै खर्च कटौती शुरु गरे


ABC NEWS

काठमाडौं ४ माघ । चालू आर्थिक वर्षमा संघीय सरकारको कोष घाटामा छ। अर्थमन्त्री विष्णु पौडेलले अर्थको जिम्मा लिएपछि घाटा केही कम भए पनि आशातित सुधार भने हुन सकेको छैन । अर्थ तथा उपप्रधानमन्त्री पौडेलले घाटा कम गराउन खर्च कटौतीको प्रयास अर्थ मन्त्रालयबाट्रै थालनी गरेका छन् ।आर्थिक वर्ष २०७९–८० को पाँच महिना अर्थात् मंसिर मसान्तसम्ममा संघीय सरकारको कुल खर्च ४ खर्ब ३५ अर्ब २१ करोड भएको थियो।त्यस अवधिमा संघीय सरकारको आम्दानी मात्र ३ खर्ब २६ अर्ब ८९ करोड भएको थियो। अर्थात् विष्णु पौडेल आउनुअघि नै संघीय सरकारको कोष १ खर्ब ९ अर्ब रुपैयाँले घाटामा थियो।

पौडेल अर्थमन्त्री भएपछि हालसम्मको अवस्था हेर्दा सरकारको कुल आम्दानी राजश्व संकलन र प्राप्ति गरेर ४ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ। खर्च भने ५ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ।

अहिले सरकारको खाता ८० अर्ब रुपैयाँ घाटामा देखिन्छ। महालेखाको तथ्याङ्क अनुसार विष्णु पौडेल आएपछि सरकारी खाताको घाटा केही कम भएको छ। १ खर्बभन्दा बढी घाटा अहिले ८० अर्बमा झरेको छ।

कोष घाटामा रहे पनि सरकारको खर्च प्रणालीमा भने अहिलेसम्म समस्या आएको छैन। महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता शम्भुप्रसाद मरासिनीका अनुसार अहिले कुनै अप्ठेरो स्थिति छैन।

उनी भन्छन्, ‘सरकारको दैनिक आम्दानी पनि हुन्छ र दैनिक खर्च पनि हुन्छ। त्यसकारणले दैनिक प्रणाली अनुसार चलिरहेको हुन्छ।’

 

चालू आर्थिक वर्षको ५ महिनामा प्रदेश सरकारहरुको कुल खर्च ३५ अर्ब ६५ करोड छ। त्यो अवधिमा प्रदेश सरकारको स्रोत परिचालन अर्थात् आम्दानी ५२ अर्ब ८९ करोड छ। यसरी हेर्दा प्रदेशहरुको सञ्चिति नाफामा देखिएको छ।

संघीय सरकारले प्रदेश र स्थानीय तहलाई रकम हस्तान्तरण गर्नुपर्ने दायित्व छ। सुरुमा विभिन्न शीर्षकको राजश्व संघीय सरकारको खातामा आउने र त्यसपछि अनुदानको रुपमा प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुन्छ।

अहिले हस्तान्तरण हुनुअघि प्रदेश र स्थानीय तहलाई दिनुपर्ने अनुदानतर्फको रकमले खर्च चलिरहेको अर्थ मन्त्रालयका एक अधिकारी बताउँछन्।

उनी भन्छन, ‘मुख्यतः प्रदेशहरुको सञ्चितकोष नाफामा नै छ। त्यसकारणले गर्दा उनीहरुलाई बाँडफाँट गर्नुपर्ने रकमको समेत प्रयोग अहिले भएको छ। त्यसैले संघीय सरकारको खर्च व्यवस्थापन भएको हो।’

यता अर्थमन्त्री विष्णु पौडेलले भने खर्च कटौतीको अवधारणा कार्यान्वयनमा ल्याएका छन्। उनले आफ्नो मन्त्रालयबाटै चालू खर्च कटौतीको सुरुवात गरेका छन्।

मंगलबार अर्थात् मन्त्रालयको सचिवस्तरीय निर्णय भैसकेको भन्दै आफूमातहत सबैलाई १५ प्रतिशत चालू खर्च कटौती गर्नुपर्ने सर्कुलर जारी भएको छ।

पत्र अनुसार ‘२६ गते नै खर्च कटौतीको निर्णय स्वीकृत भएकोले कार्यान्वयन गराउनू।’

पौडेलले अर्थमन्त्री हुनेबित्तिकै मितव्ययिता अपनाउने बताएका थिए।

खर्च कटौती हुने शिर्षकहरु
अर्थ मन्त्रालय मतहतको कर्मचारीले अतिरिक्त काम गरेको ६ सय रुपैयँ भत्ता पाउने गरेकोमा त्यसलाई घटाएर आधा बनाइनेछ। अवस्था हेरी भत्ता पुरै कटौती हुनसक्ने बताइएको छ।

अर्थ मन्त्रालयको चालू खर्चमा भत्ता रकमले ठूलै हिस्सा ओगट्छ। बजेट निर्माण, वार्षिक तथा अर्धवार्षिक समीक्षाको तयारीमा क्रममा कर्मचारीलाई दिइने भत्ताको आकार ठूलो भएको भन्दै कटौतीको निर्णय गरिएको हो।

त्यसका अलावा मन्त्रालयमा अनावश्यक पङ्खा नचलाई बिजुलीको पैसा समेत बचत गर्ने र अनावश्यक खर्च नगर्ने निर्णय भएको छ। बोतलको पानीको सट्टा जारको पानी प्रयोग गरिने निर्णय छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com