ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सेल’का कपडा किन्ने राजकुमार ह्यारीको कथा


ABC NEWS

बेलायतका राजकुमार ह्यारीको आत्मकथा स्पेयर नामक पुस्तक मंगलबारदेखि संसारभर उपलब्ध भएको छ। १६ भाषामा प्रकाशित स्पेयर बजारमा आउने दिनको पर्खाइमा बसेका पाठकहरू भने अघिल्लो रातिदेखि नै लन्डनका पुस्तक पसलबाहिर लाइनमा बसेका थिए।

पुस्तकको माग अकाशिएपछि लन्डनको पिकाडेली शहरमा भएको पुस्तक पसल मंगलबार एकाबिहानै खोलिएको थियो। यस्तै‚ इयुस्टन, भिक्टोरिया, हिथ्रो र ग्याटविकमा भएको बिक्री केन्द्र पनि नियमित समयभन्दा बढी समय खोलिएका थिए। स्पेयर किन्न रातिदेखि पसलबाहिर लाइनमा बसेकाहरूले घटनाको वास्तविकता संलग्न व्यक्तिकै मुखबाट सुन्न चाहेको बताएका थिए।

पुस्तक खरीद गर्न पुगेकाहरूको समाचार संकलन गर्न पुगेका पत्रकारहरू।

ह्यारीको संस्मरण ‘स्पेयर’ प्रति चासो उच्च भइरहँदा पुस्ककका फर्जी प्रति पनि बजारमा आएका थिए। त्यसैले स्पेनमा चाँडो पुस्तक उपलब्ध गराइएको थियो। पुस्तकको प्रकाशक वाटरस्टोनले विगत १० वर्षमा ह्यारीको स्पेयर धरै नै अग्रीम बुकिङ भएको पुस्तक भएको बताएको छ।

पुस्तकमा ह्यारीले आफ्नो कुमारत्व गुमाएको प्रसंगदेखि दाजु राजकुमार विलियमले शारीरिक हमला गरेको घटनाको विवरण रहेको समाचार सञ्चारमाध्यममा आएपछि स्पेयरको माग बढेको थियो। उक्त पुस्तक अहिले संयुक्त अधिराज्यको अनलाइन स्टोर अमेजनमा सर्वाधिक बिक्री हुने पुस्तकको सूचीको शीर्ष स्थानमा छ।

४१० पृष्ठको पुस्तकमा ह्यारीले बेलायती राजदरबारभित्रको द्वन्द्व र व्यक्तिगत तनावका फेरहिस्त दिएका छन्। यस्तै‚ आफू दरबारी वातावरणमा कसरी हुर्किएँ र किन राजकुमारको पदवी त्यागें भन्ने पनि उल्लेख गरेका छन्। पुस्तकमा आएका प्रसंगबारे राजा चार्ल्सको बकिङ्गहम दरबार र राजकुमार विलियम बस्ने केन्सिन्टन दरबारबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

पुस्तकमा ह्यारीले आफ्ना बुवा राजा चार्ल्स तेस्रोलाई पुनः विवाह नगर्न सुझाव दिएको, बेलायती सैनिकका रुपमा अफगानिस्तनमा कार्यतर रहँदा २५ तालिबानी लडाकूलाई मारेको, घातक प्रहारमा परेका कारण लागूऔषध सेवन गर्नु परेको र राजकुमार विलियमकी श्रीमती मेघन र क्याथरिनको सम्बन्ध राम्रो नभएको उल्लेख गरेका छन्। पुस्तकमा दाजुभाइबीचको दरारको पनि वर्णन छ।

राजकुमार ह्यारी र विलियम

यस्तै‚ आफ्नी आमा राजकुमारी डायनालाई गुमाउनु पर्दाको पीडालाई पनि पुस्तकमा उल्लेख गरेका छन्। उक्त पीडाले आफूलाई ‘मानसिक रुपमै घाइते बनाएको’ ह्यारीको भनाइ छ। पुस्तक प्रवर्द्धनका लागि दिइएको अन्तर्वार्ताहरूमा ह्यारीले आफ्नी आमा डायनालाई पच्छ्याउने काममा मिडिया जिम्मेवार रहेको बताउँदै अब आफ्नो जीवनको उद्देश्य मिडियाको त्यो चित्रलाई परिवर्तन गर्नु रहेको बताएका छन्।

पुस्तकमा राजकुमार ह्यारी र विलियमले एकअर्कालाई ‘ह्यारी’ र ‘विल्ली’ भनेर बोलाउने गरेको, आफूले ‘टिके म्याक्स’को छूटको स्टलमा गएर कपडा किन्ने गरेको र टेलिभिजन शृङ्खला ‘फ्रेन्ड्स’ हेर्ने गरेको जस्ता प्रसंग पनि समेटिएका छन्।

उनले महारानी एलिजाबेथको देहावसानको खबर पारिवारिक स्रोतभन्दा पहिला बीबीसीको बेवसाइटबाट थाहा पाएको उल्लेख गरेका छन्। पुस्तकको कृतज्ञता खण्डमा राजपरिवारका सदस्यहरूको नाम हटाइएको छ। तर, उनले बेलायतमा भएका आफ्ना साथीहरूलाई विशेष धन्यवाद दिएका छन्। जो ‘कुहिरोको बीचमा’ रहेका छन् र ‘उनका कारण चेपमा परेको’ उल्लेख गरेका छन्। उनले थेरापिस्टले आफ्नो वर्षौंदेखि भोगिरहेको चोटको निवारणमा सहयोग गरेको बताएका छन्।

राजपरिवार, रानी क्यामेलिया र राजकुमार विलियम दम्पतीबीच सम्बन्ध सुमधुर नभएको कुराले पनि धेरै विवाद निम्त्याएको छ। पुस्तकले पारिवारिक सौहाद्रता विकास गर्न सहयोग पुर्‍याउला त भन्ने प्रश्नमा ह्यारीले आफू र आफ्नो परिवारबीचको दरार पुस्तकभन्दा ठूलो नहुने बताएका छन्।

“केही घटनाहरूले मलाई अझै कोध्रित तुल्याउँछ। तर‚ अहिले म कसैसँग क्रुद्ध छैन किनभने म जहाँ हुनुपर्ने हो त्यही ठाउँमा छु,” उनले एक अन्तर्वातामा भनेका छन्।

अन्तर्वार्ता दिंदै राजकुमार ह्यारी।

पुस्तक चाँडै हात पार्न भिक्टोरिया स्टेशनमा लाइन बसेका प्राध्यापक क्रिस इमाफिदोनले ह्यारीले किन राजपदवी त्यागे भन्ने जिज्ञासा आफूलाई भएको बताए। “म उनकै मुखबाट वास्तविकता के हो भन्ने सुन्न चाहन्छु,” उनले भने।

पुस्तक किन्ने चाहनेको लाइनमै थिइन् अस्ट्रेलियाबाट लन्डन बसाइँ आएकी २७ वर्षीया सासा पर्सल। “मैले पुस्तकबारे जताततै यति धेरै सुनें कि मलाई पुस्तक कहिले पढुँ भन्ने खुल्दुली लाग्यो,” उनले भनिन्, “म कहिल्यै यसरी मध्यरातको विमोचनमा सहभागी भएकी थिइनँ।”

दक्षिण लन्डनमा बसोबास गर्ने ४६ वर्षीया साहरा नाकानाले आफूले अडियो बूक डाउनलोड गरिसकेको बताउँदै ‘बेलायती प्रेस र तिनको कथन’बाट प्रभावित नहुन पुस्तक चाँडै पढ्न चाहेको बताइन्।

(बीबीसीमा प्रकाशित सिन कोलहनको रिपोर्टको नेपाली अनुवाद) अहिले ह्यारीको पुस्तक बल्याक मार्केटमा समेत सर्कुलेट भइरहेको छ । )

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

  काठमाडौँ १५ माघ । राहदानी विभागले सोमबारबाट एक महिनाको अग्रिम अनलाइन आवेदन (प्रि इनरोलमेन्ट)को व्यवस्था गरेको छ । आइतबार सूचना प्रकाशित गर्दै विभागले दैनिक १

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

  काठमाडौं १५ माघ । सर्वोच्च अदालतको फैसलासँगै एकसाथ चार पद गुमाएका रवि लामिछानेले पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीको हैसियत के हुन्छ भन्ने बारे विज्ञहरु जुन

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल

  काठमाडौँ १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालयको जिम्मेवारी रास्वपाले पहिल्यै पाइसकेको जिम्मेवारी भएकाले फेरि दाबी गर्नुपर्ने अवस्था

सम्बन्धित

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

राजस्व अधिकृत रामजी रिजाललाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा ६ महिना कैद सजाय

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल

परराष्ट्रमन्त्री विमला राईको पहिलो विदेशभ्रमण श्रीलंकाको हुने

प्रचण्डको पहिलो विदेशी पाहुनका रुपमा अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड काठमाडौंमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com