ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिगो विकासका लक्ष्य हासिल गर्न भएका प्रयाससम्बन्धी विवरण प्रस्तुत गरिने


admin
असार ३०, २०७४ शुक्रबार   ७ : ०७   बजे

काठमाडौँ, ३० असार । दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा भाग लिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ आज संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ ।

सो बैठक आगामी साउन २ देखि ४ गतेसम्म अमेरिकाको न्युयोर्कमा हुने छ । उक्त उच्चस्तरीय राजनीतिक मञ्चमा संंयुक्त राष्ट्र संघले घोषणा गरेको दिगो विकास लक्ष्यका बारेमा समीक्षा गरिने दिगो विकासका कार्यसूचीमा सहभागी राष्ट्रमध्ये नेपाललगायत ४४ मुलुकले आफ्नो कार्यप्रगतिका बारेमा छलफल गर्ने कार्यक्रम छ । दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा गरिएका प्रयास र सोसम्बन्धी विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता तुलसीप्रसाद गौतमले जानकारी दिनुभयो ।

सो अवसरमा उपाध्यक्ष डा श्रेष्ठले सोही कार्यक्रमको सिलसिलामा आयोजना हुने विभिन्न सत्रमा भाग लिनुहुनेछ । राष्ट्र संघले सन् २०१५ मा घोषणा गरेको दिगो विकास लक्ष्यमा नेपाललगायत विश्वका धेरै मुलुक सहभागी छन् ।

नेपालले पनि दिगो विकासका लक्ष्य कार्यान्वयन गर्नका निम्ति प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय निर्देशक समिति, योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा कार्यक्रम कार्यान्वयन तथा समन्वय समितिलगायत नौ विषयगत समिति गठन गरेको छ । नेपाली भ्रमण दलमा आयोगका सचिव विष्णुप्रसाद लम्साल तथा सहसचिवहरु आयोगका लालशंकर घिमिरे, अर्थ मन्त्रालयका लक्ष्मण अर्याल र परराष्ट्र मन्त्रालयका भरतराज पौड्याल रहनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group