ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महान् फुटवलर पेलेको ८२ वर्षको उमेरमा ब्राजिलमा निधन


एबीसी / संवाददाता
पुस १५, २०७९ शुक्रबार  ७ : २४ बजे

 

काठमाडौं १५ पुस । महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि क्यान्सरसँग संघर्षरत थिए।

इन्स्टाग्राममा उनकी छोरी केली न्यासिमेन्टोले पेलेको निधनको पुष्टि गरिन्।

ुहामी अहिले जे छौँ, त्यो सबै तपाईंको कारण सम्भव भएको हो। हामी तपाईंलाई धेरै माया गर्छौँ। हार्दिक श्रद्धाञ्जली१ु

पेलेले आफ्नो देश ब्राजिलका लागि तीन पटक सन् १९५८, १९६२ र १९७० मा विश्वकप फुटबलको उपाधि जिताउन सफल भएका थिए।

पेलेले जम्मा ४ वटा विश्वकप खेले। जसका तीनवटाको उपाधि उचाले। उनी तीन पटक विश्वकप जित्ने एक्ला खेलाडी हुन्। उनले सन् १९७१ मा ब्राजिल राष्ट्रिय टिमबाट सन्यास लिएका थिए।

पेलेले आफ्नो फुटबल करिअरमा जम्मा १३ सय ६३ खेल खेले। जसमा उनले १२ सय ८१ गोल गरे। ब्राजिलका लागि उनले ९१ खेलमा ७७ गोल गरेका थिए।

पेले फुटबलका सर्वकालीन महान् नायक

 विश्व खेलकुदले पाएको अहिलेसम्मकै सबैभन्दा ठूला नाम हुन्, पेले । उनी फुटबल खेलाडी थिए, त्यसैले यो खेलका निर्विवाद रूपमा सबैभन्दा राम्रा खेलाडी भए नै । एक प्रकारले उनी फुटबल खेल र ब्राजिल देशकै पर्यायजस्तै रहे । फुटबलको विश्वबारे फिटिक्कै रूची नहुनेका लागि पनि कम्तीमा पेलेबारे भने केही थाहा हुन्थ्यो । यो उदाहरण त हाम्रैतिर पनि उत्तिकै मिल्छ । यसले पनि देखाउँछ, यी पेले फुटबलका कति धेरै सर्वकालीन महान् खेलाडी हुन भनेर ।

 

तस्बिर : रोयटर्स

यिनै पेलेको बिहीबार ८२ वर्षको उमेरमा निधन भयो । फुटबललाई सुन्दर खेल भनिन्छ, यसले धेरैलाई आफ्नो व्यक्तिगत दुःख बिर्सन मद्दत गर्छ । फुटबल आफैँमा एउटा कला हो । फुटबलले यो सबै उपमा किन पाएको थियो भने यससँग पेलेजस्ता खेलाडी थिए, जसले आफ्नो दुई दशक लामो खेल जीवनमा जादुयी प्रदर्शन गरेर सबैको मन जिते । ब्राजिल देश नै सबैतिर चिनिनु र लोकप्रिय हुनु पछाडि फुटबल र पेलेलाई कारण मानिन्छ ।

पेलेसँग विश्व फुटबलका धेरै अद्वितीय कीर्तिमान पनि जोडिन्छ‚ जस्तो कि उनले विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे, १ हजार ३ सय ६३ खेल खेलेर । उनले किशोर खेलाडीका रूपमा ब्राजिली क्लब सान्तोसबाट खेल जीवन सुरु गरे र न्युयोर्क कसमासमा पुगेर त्यसलाई पूर्णविराम लगाए । उनले जहाँ , जति खेल खेले; त्यहाँ सबैको मनमा रहन सफल रहे । सानोमा साओपाओलोको बारु एफसीबाट खेल्न सुरु गरेका पेले लगत्तै सान्तोससँग आबद्ध भएका थिए ।

जम्माजम्मी १५ वर्षको उमेरमै उनले सिनियर टिमबाट डेब्यु गरिसकेका थिए । सिनियर टिमबाट उनले डेब्यु गरेको दिन थियो, सन् १९५६ सेप्टेम्बर ७ । त्यो कोरिनथिएन्सविरुद्धको खेल थियो । उक्त खेलमा उनले एक गोल पनि गरे । त्यसपछि उनले कहिले पनि पछाडि फर्केर हेर्नु परेन । सन् १९५७ को जुलाई ९ मा उनले ब्राजिलका लागि डेब्यु गरेका थिए, त्यो पनि अर्जेन्टिनाविरुद्ध‚ अझ त्यो पनि प्रसिद्ध माराकाना स्टेडियममा । त्यति बेला उनी जम्मा १६ वर्षका थिए ।

पेलेको प्रसिद्धि भने सन् १९५८ को विश्वकपबाट सुरु भएको हो । स्विडेनमा भएको त्यस विश्वकपमा ब्राजिल च्याम्पियन रह्यो । फाइनलमा ब्राजिलले स्विडेनलाई ५-२ ले हराएको थियो । भर्खर १७ वर्षका किशोर खेलाडी पेलेले त्यस फाइनलमा दुई गोल गरे । ब्राजिलले सन् १९६२ मा विश्वकप जित्दा पनि पेले प्रमुख खेलाडी थिए । उनको वास्तविक ख्याति भने सन् १९७० को विश्वकपबाट प्राप्त भएको थियो । मेक्सिकोमा भएको त्यस विश्वकपमा ब्राजिल फेरि एकपल्ट च्याम्पियन भयो ।

फाइनलमा ब्राजिलले इटालीलाई हराएको थियो । त्यसमा पनि पेलेले सुरुमै गोलको खाता खोलेका थिए । यही विश्वकपबाट हो, विश्व फुटबलमा १० नम्बर जर्सीको महत्त्व र ख्याति बढेको । सन् १९७० को त्यो विश्वकप विजयी ब्राजिली टोलीलाई अहिलेसम्मकै सबैभन्दा महान् टिम पनि मानिन्छ । पेलेले जसरी फुटबल खेले, त्यसले यो खेलको परिभाषालाई नै परिवर्तन गरेको मानिन्छ । त्यसैले भनिन्छ, विश्व फुटबलमा पेलेजत्तिको खेलाडी न त थियो, न छ, न रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com