ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना विस्फोटक रुपमा फैलने सन्त्रास, नेपालको तयारी के ?


एबीसी / संवाददाता
पुस ८, २०७९ शुक्रबार  ७ : २२ बजे

काठमाडौं ८ पुस । शून्य कोभिड नीति लिएको छिमेकी मुलुक चीनमा पछिल्लो समय फेरि कोभिड १९ को संक्रमण बढिरहेको छ । ओमिक्रोनपछिका यसका भेरियन्टहरुले अहिले जापान, अमेरिका, ब्राजिललगायतका मुलुकहरुमा संक्रमण बढाउँदै लगेको छ ।

चीनमा डिसेम्बरयताको संक्रमणको अवस्थालाई हेर्दा आगामी सातासम्म २५ मिलियन अर्थात दुई करोड ५० लाख नागरिक संक्रमित हुने देखिएको रोयटर्सले जनाएको छ । चीन र भारतमा कोभिड १९ को ओमिक्रोनको नयाँ भेरियन्ट बीएफ ७ ले संक्रमण बढाइरहेको पुष्टि भएको छ ।

भारतमा बुधबार मात्रै बीएफ ७ का १२९ वटा नयाँ केस भेटिएका थिए । भारतका गुजरात र ओडिसामा सो भेरियन्ट फैलिँदै गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ओमिक्रोनको सबभेरियन्ट बीएफ ७ को नेपालमा समेत जोखिम रहेको अवस्थामा नेपालमा भित्रिन नदिनका लागि के गरिरहेको छ त सरकारले ?

नाकामा सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुकहरुमा कोभिड १९ का नयाँ भेरियन्टहरु भेटिएको भन्दै प्रवेश नाकाहरुमा सतर्कता अपनाउन निर्देशन दिएको छ । सबै प्रवेश बिन्दुहरुमा हेल्थ डेस्कहरुले आवश्यक स्क्रिनिङ, निगरानी, सतर्कता एवं आवश्यक तयारी अवस्थामा रहन पनि मन्त्रालयले सूचित गरेको छ ।

“कोभिड १९ को संक्रमणको जोखिम फरक स्वरुपमा देखिइरहेको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिन्छ,” मन्त्रालयले विज्ञप्तिमार्फत छ । तर, नेपालमा भने हालसम्म ओमिक्रोनको सब भेरियन्ट बीएफ ७ पुष्टि नभएको जनाएको छ । मन्त्रालयले पछिल्लो समय छिमेकी देशहरुमा भेटिएको सो भेरियन्ट हालसम्म नदेखिएको जनाएको हो ।

मन्त्रालयले पछिल्लो समय जिन सिक्वेन्सिङ गरिएका ४८ वटा नमूनामध्ये सबैमा ओमिक्रोनका एबी.२, बीए.२.७५, बीए.२.७५.१, बीए.२.७५.२, बीए.२.७५.३, बीए.२.७५.५, बीए.२.७५.६, बीए.२.७६, बीए.५.२, बीए.५.२.१, बीएम.१, बीएम.१.१.३, बीएन.१.३, बीक्यू.१.२, बीवाई.१ र एक्सबीबी पुष्टि भएको जनाएको छ ।

नाकाहरुमा के छ हेल्थ डेस्कको अवस्था ? 

कोभिड १९ को तेस्रो लहर मत्थर भएसँगै कम सक्रिय भएका हेल्थ डेस्कहरुमा पछिल्लो समय कोभिड १९ परीक्षणका लागि भनेर कडाइ गरेको देखिँदैन । अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित हेल्थ डेस्कमार्फत स्क्रिनिङ र शंकास्पद संक्रमितलाई परीक्षण गर्ने व्यवस्था भए पनि संक्रमणका अघिल्ला लहरहरुमाझैँ अनिवार्य आइसोलेसनको व्यवस्था भने नगरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास बताउँछन् ।

“एयरपोर्ट र भारतसँगका सीमानाकाहरुमा हाम्रो पुरानै हेल्थ डेस्क र स्वास्थ्यकर्मीको टोली परिचालन गरेका छौँ । भारतसँगका सीमानाकामा पनि कडाइ गर्न भनेका छौँ,” डा. दासले बाह्रखरीसँग भने ।

तर, दैनिक सैयौँ नागरिक नेपाल भारत आवतजावत गर्ने नाकाहरुमा कोभिड १९ को जोखिमलाई लिएर कुनै ठोस निर्देशन नआएको स्थानीय तहका अधिकारीहरु बताउँछन् । अहिले दैनिक ३०० देखि ५०० जनासम्म आवतजावत गर्ने कञ्चनपुरको गड्डाचौकी नाकामा कोभिड सतर्कताकै लागि भनेर कुनै थप सतर्कताका कार्यक्रम नगरिएको भीमदत्त नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशी बताउँछन् ।

“अहिले हेल्थ डेस्क परिचालनको जिम्मा प्रदेश सरकारले लिएको छ । तर, कोभिड सतर्कताकै लागि भनेर त्यस्तो कुनै निर्देशन आएको छैन । पहिलेकै अवस्थामा चलिरहेको छ,” जोशीले भने । तर, संक्रमण बढेको अवस्थामा पनि ४० बेडको आइसोलेसन र स्वास्थ्यकर्मी तयारी अवस्थामा भने रहेको उनले बताए ।

यता भारतसँगको प्रमुख नाका काँकडभिट्टामा पनि हेल्थ डेस्क कुन अवस्थामा छ भन्नेबारे आफूलाई जानकारी नभएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताए । कोभिड १० को संक्रमण नयाँ स्वरुपमा फैलिइरहेको अवस्थामा व्यक्तिगत सुरक्षा र जनस्वास्थ्यका मापदण्डमा विशेष ध्यान दिन स्वास्थ्य मन्त्रालयले पटकपटक आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com