ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा सरकार निर्माण जनादेशको बलमा हुन्छ कि शक्तिकेन्द्रहरूको स्वार्थ र प्रभावमा ? (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, ६ पुस ।  जबजब नेपालमा सरकार बनाउने अभ्यास सुरु हुन्छ, दृश्य–अदृश्य शक्तिकेन्द्रहरू सलबलाउन थाल्छन । आम निर्वाचन–२०७९ को नतिजाले पूर्ण आकार नलिँदै सुरु भएको चलखेल निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नतिजा प्रतिवेदन बुझाएसँगै बढेर गएको छ । नेपालमा सत्ता परिवर्तन हुँदा होस् वा सरकार फेरिँदा शक्तिकेन्द्रहरूको चलखेल हुन्छ भन्ने ‘षड्यन्त्रको सिद्धान्त’ निकै बिक्छ । यस्तो ‘थ्यौरी’ लाई बल विगतका दृष्टान्त र हाम्रै राजनीतिक नेतृत्वको व्यवहारले दिने गर्छ ।

अनि एउटा गम्भीर प्रश्न उठ्छ, नेपालमा सरकार निर्माण जनादेशको बलमा हुन्छ कि शक्तिकेन्द्रहरूको स्वार्थ र प्रभावमा ? अहिले यो प्रश्न फेरि उठेको छ । केही ‘प्रायोजित’ नामसँगै शीतलनिवासको भावी नेतृत्व को भन्ने बहस सुरु भएपछि प्रश्न उठेको हो । सार्वभौम मतदाताबाट अनुमोदित भएका जनप्रतिनिधिले शपथ खाएकै छैनन् तर अँध्यारा कोठाहरूमा स्वार्थ समूहहरूको आदेश पालना गर्दै चलखेल सुरु भइसक्यो । वर्तमान राजनीतिको पहिलो कार्यसूची सरकार गठन हो । भर्खरै आम निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगले राष्ट्रपति भण्डारीसमक्ष अन्तिम नतिजा बुझाइसकेको छ । राष्ट्रपति भण्डारीले औपचारिक आह्वान नै गरेपछि सरकार गठनको दिनगन्ती सुरु भइसकेको छ । बढीमा एक महिनाभित्र सिंहदरबारले नयाँ नेतृत्व पाइसक्नुपर्नेछ ।

नेपालको संविधानको धारा ७६(८) मा व्यवस्था भए अनुसार, निर्वाचन अन्तिम परिणाम घोषणा वा प्रधानमन्त्री पद रिक्त भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्ति प्रक्रिया समाप्त गरिसक्नुपर्छ । निर्वाचन परिणामले कुनै एक दललाई बहुमत नदिई मिलीजुली सरकार बनाउने म्यान्डेट दिएको सन्दर्भमा संविधानको धारा ७६(१) को औचित्य अहिलेलाई रहेन । त्यसलै यो बेला आकर्षित हुने धारा ७६(२) हो जस अन्तर्गत दलहरूबीचको गठबन्धनबाट सरकार गठन हुन सक्छ ।

अहिलेसम्म कुन–कुन दलबीच सहकार्य भएर सरकार बन्छ भन्ने प्रस्ट तस्बिर बनिसकेको छैन । त्यसकारण यो नयाँ गठबन्धन सरकारका लागि दलहरूबीच संवादको समय हो । तर राष्टप्रमुखमा खिलराज रेग्मी लगायतका केही नाम चर्चामा ल्याउनुले नै यसले एक प्रकारको संशय जन्मायो । रेग्मी तिनै पात्र हुन्, जो पहिलो संविधानसभा विघटन भएपछि भारतको रुचि र माओवादी नेतृत्वको अग्रसरतामा मन्त्रिपरिषद्का अध्यक्ष भएका थिए । पहिलो संविधानसभाले नयाँ संविधान दिन नसकेर राजनीतिक गाँठो कसिएको त्यो समय दलहरू अन्तिमसम्म पनि सहमतिको प्रयत्न गर्दै थिए । तर, तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभा विघटन गरेर गैरराजनीतिक व्यक्तिको नेतृत्वमा सरकार गठनको ढोका खोलिदिए । त्यही जस्केलाबाट छिरेर रेग्मी कार्यपालिका प्रमुख भएका थिए । रेग्मीले दोस्रो संविधानसभाको निर्वाचन सफलतापूर्वक गराए र नयाँ संविधान पनि बन्यो ।

तथापि उनको नियुक्ति राजनीतिको ‘ब्लन्डर’ थियो । बाह्य शक्तिको रुचि र सक्रियतामा न्यायालय प्रमुखलाई कार्यपालिकाको नेतृत्व सुम्पिइएको त्यो घटना नेपाली राजनीतिको कालो पक्ष हो । अहिले त्यस्तै प्रपञ्च दोहो¥याउने तानाबाना बुनिँदै छ । यता राजनीतिक दलहरुलाई संसद भन्दा बाहिरबाट सरकार बनाउने कुचेष्टा नगर्न समेत विज्ञहरुले सुझाव दिएका छन् । संसदीय शासन पद्धतिमा संसदले नै सरकार बनाउने भएकाले सरकार जहिल्यै संसदप्रति उत्तरदायी हुने विज्ञहरुले बताएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आईतवार संविधानको धारा ७६ को उपधारा (२) बमोजिम ७ दिनभित्र बहुमतको सरकार गठन गर्न आह्वान गरेकिछिन् ।

त्यसपछि ७ दिन भित्रको छोटो समयमा शपथग्रहण गरेर प्रधानमन्त्री नियुक्ति हुने सम्भावना छैन । साथै सरकारले संसद अधिवेशन पनि बोलाएको छैन । शपथ ग्रहण नगरीकन प्रधानमन्त्री बन्न संविधानतः नमिल्ने भन्दै विज्ञहरुले सांसद जनताप्रति उत्तरदायी हुनुपर्ने बताए । वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा. चन्द्रकान्त, ज्ञवालीले संसदीय प्रक्रियामार्फत नै शपथ लिएर, अधिवेशन बोलाएर र संसदीय दलको नेता चुनेर मात्रै प्रधानमन्त्री बनाउनुपर्ने बताउछन् । उनले संसदीय शासन पद्धतिमा संसदले नै सरकार बनाउने र सरकार संसदप्रति उत्तरदायी हुने भएकाले शपथग्रहणपछि मात्रै प्रधानमन्त्री नियुक्ति गर्ने विषयलाई अन्देखा नगर्न सुझाव दिए । उनले संसद भन्दा बाहिरबाट सरकार बनाउने प्रयास वा कुचेष्टा गर्नु लोकतान्त्रिक सरकारलाई शोभायमान नदिने बताउछन् । संविधानविद् ज्ञवालीले आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको ३० दिनभित्र अधिवेशन बोलाउनै पर्ने संवैधानिक बाध्यता रहेको पनि बताए । उनले शपथ लिनु संविधान, देश र जनताप्रति उत्तरदायी हुनु भएकोले शपथ लिएर मात्रै सरकार गठन गर्नुपर्ने बताए ।

त्यस्तै संघीय संसद सचिवालयका पूर्वसचिव मुकुन्द शर्माले प्रतिनिधि सभाको सदस्य नरहेमा प्रधानमन्त्री पदमा रहन नसक्ने अवस्था संविधानले परिकल्पना गरेको भन्दै शपथग्रहण नभइ सरकार गठन हुन नहुने बताए । उनले शपथग्रहण नगरीकन प्रधानमन्त्री पदमा रहेर गर्नुपर्ने औपचारिक कामहरु गर्न नमिल्ने बताइ । पूर्वसचिव शर्माले संसद बाहिरबाट नै मन्त्रीपरिषद् गठन गरिनु उपयुक्त नहुने भन्दै शपथग्रहण गरेर नै नयाँ सरकारको गठन हुनुपर्नेमा जोड दिए ।

संसदीय प्रक्रियामार्फत नै शपथ लिइ अधिवेशन बोलाएर संसदीय दलको नेता चुनेपछि मात्रै राष्ट्रपतिबाट संयुक्त सरकारको प्रधानमन्त्री बनाउने प्रावधान छ । प्रधानमन्त्री बनिसकेपछि उसले ३० दिन भित्र विश्वासको मत लिने र लिन नसके अल्पमतको सरकार बनाउनुपर्ने अवस्था रहन्छ । अल्पमतको सरकार बनेपनि उसले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिन नसके धारा ७६ (५) को प्रधानमन्त्री बनाउनुपर्छ । धारा ७६ (५) बमोजिम पनि प्रधानमन्त्री बन्न नसके अल्पमतको सरकारले संसद विघटन गरेर फेरि ताजा जनादेशमा जानुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com