काठमाडौं, २९ मंसिर । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकबाट छानेकी झापाकी २५ वर्षीया निशा डाँगी सबैभन्दा कान्छी सांसद हुन् । स्वतन्त्र पार्टीबाटै समानुपातिकतर्फबाट छानिएकी जुम्लाकी विनिता कठायत २६ वर्ष र काठमाडौं २ बाट निर्वाचित सोविता गौतम २७ वर्षका छन् ।
राप्रपाबाट सल्यानकी अनिशा नेपाली र जनमत पार्टीबाट सिराहाकी शिवनिताकुमारी सिंह समानुपातिकबाट निर्वाचित भएका छन् । उनीहरू दुवै २८ वर्षका हुन् । त्यस्तै, मुस्ताङबाट निर्वाचित कांग्रेसका योगेश गौचन थकाली २९ वर्षका र जुम्लाबाट विजयी राप्रपाका ज्ञानबहादुर शाही ३० वर्षका छन् । माओवादीले समानुपातिकबाट छानेका जुम्लाका छिरिङ ल्हामु लामा पनि ३० वर्षका हुन् ।
प्रतिक्रिया दिनुहोस्