ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप फुटबलमा मेस्सीले कस्ता कस्ता कीर्तिमान बनाए त ? सवैभन्दा धेरै कप्तानी


एबीसी / संवाददाता
मंसिर २९, २०७९ बिहीबार   १२ : ४९   बजे

 

काठमाडौं । फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेलमा शानदार जित निकाल्दै र्जेन्टिना फाइनलमा प्रवेश गरेको छ। यससँगै अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई सर्वकालीन महान फुटबलरको रुपमा चर्चा गर्न थालिएको छ ।

उनले विश्वकप फुटबलमा केही कीर्तिमान पनि राखेका छन्। उनका हालसम्मका कीर्तिमान यस्ता छन् ।

– मेस्सी पाँच विश्वकप खेल्ने ६ खेलाडीमध्येका एक हुन्। उनीसँगै एन्टोनियो कार्बजल, लोथार म्याथहउस, राफा मार्कज, एन्ड्रेस गुआर्डाडो र क्रिस्टियानो रोनाल्डो पनि यो सूचीमा छन्।

– लोथार म्याथहउस र मेस्सीले विश्वकपमा सबैभन्दा धेरै खेल खेलेका छन्। उनीहरुले विश्वकपमा २५ खेल खेलेका छन्। फाइनल खेलमा सहभागी भएसँगै उनले म्याथहउसको कीर्तिमान तोड्नेछन्।

– मेस्सी विश्वकपका सबैभन्दा धेरै खेलमा कप्तान गर्ने खेलाडी हुन्। उनले अहिलेसम्म विश्वकपका १८ खेल कप्तानको रुपमा खेलेका छन्। राफा मार्कुजले १७ र डिएगो म्याराडोनाले १६ खेलमा कप्तानी गरेका थिए।

– मेस्सी सबैभन्दा लामो समय विश्वकप खेल्ने कीर्तिमानको नजिक छन्। उनले अहिलेसम्म विश्वकपको खेलमा २१९४ मिनेट खेलेका छन्। फाइनल खेलमा उनले २४ मिनेट खेल्दा उनले इटालीका पाओलो मल्दिनीको २२१७ मिनेटको कीर्तिमान तोड्नेछन्।

– मेस्सी पाँच विश्वकपमा गोलको लागि पास उपलब्ध गराउने खेलाडी हुन्। उनीभन्दा पछाडि पेले, गर्जेगोर्ज लाटो, डिएगो म्याराडोना र डेभिड बेकह्याम छन्। उनीहरुले तीन विश्वकपको गोलका लागि पास दिएका थिए।

– मेस्सी र पेले विश्वकपको नकआउट चरणमा सबैभन्दा धेरै गोलको लागि पास दिने खेलाडी हुन्। उनीहरु दुवैले विश्वकपको नकआउट चरणमा ६ गोलको लागि पास उपलब्ध गराएका छन्।

– मेस्सी विश्वकपमा अर्जेन्टिनाको तर्फबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। उनले अहिलेसम्म ११ गोल गरेका छन्। उनीभन्दा पछि गाब्रियल बाटिस्टुटा ९१००, डिएगो म्याराडोना ९८०, गुइलेर्मो स्टाबिले ९८०, मारिओ केम्पेस ९६० र गोन्जालो हिगुएन ५ गोल रहेका छन्।
– मेस्सी विश्वकपमा किशोरवय, २० को दशक र ३० को दशकमा गोल गर्ने एकमात्र खेलाडी हुन्। पेलेले यो अवसर केवल चार महिनाको कारण गुमाएका थिए।

– मेस्सीको पहिलो र अन्तिम विश्वकप गोलको अन्तर १६ वर्ष १८० दिन छ। सबैभन्दा लामो अन्तरको कीर्तिमानको दोस्रो स्थानमा क्रिस्टियानो रोनाल्डो छन्। उनको विश्वकपको पहिलो र अन्तिम गोलबीचको अन्तर १६ वर्ष १६० दिन छ।

– मेस्सी विश्वकपमा सबैभन्दा धेरैपटक प्लेयर अफ द म्याच हुने खेलाडी पनि हुन्। सन् २००२ को विश्वकपदेखि प्लेयर अफ द म्याच घोषणा गर्न सुरु गरिएको थियो। मेस्सी अहिलेसम्म १० पटक प्लेयर अफ द म्याच भएका छन्। ब्राजिलमा भएको सन् २०१४ को विश्वकपमा उनी चारपटक प्लेयर अफ द म्याच भएका थिए। उक्त विश्वकपमा उनले एउटै विश्वकपमा सबैभन्दा धेरैपटक प्लेयर अफ द म्याच बन्ने कीर्तिमान बराबरी गरेका थिए। सन् २०१० मा भएको विश्वकपमा वेस्ली स्नेइज्दर पनि चारपटक प्लेयर अफ द म्याच भएका थिए।

– विश्वकपमा टोलीलाई सबैभन्दा धेरै खेल जिताउने कीर्तिमानभन्दा मेस्सी एक कदम मात्र टाढा छन्। जर्मनीका मिरोस्लाभ क्लोजले खेल्दा विश्वकपमा जर्मनीले १७ खेल जितेको छ। मेस्सीले अर्जेन्टिनालाई १६ खेल जिताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group