ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्वाटरफाइनलमा पोर्चुगल र इंग्ल्याण्ड पराजित, सेमिफाइनलमा अर्जेन्टिना-क्रोसिया र फ्रान्स –मोरक्कोको प्रतिस्पर्धा हुने


एबीसी / संवाददाता

 

काठमाडौं ।  आइतबार बिहान सकिएको क्वार्टरफाइनलको अन्तिम खेलमा इंग्ल्याण्डलाई पराजित गर्दै साविक विजेता फ्रान्सले समेफिाइनलमा प्रवेश पाएको छ ।

यसअघि शुक्रबार ब्राजिललाई पराजित गर्दै साविक उपविजेता क्रोएसिया पनि लगातार सेमिफाइनलमा प्रवेश गरेको छ।

२०१८ को विश्वकपमा फ्रान्सले ४–२ ले क्रोएसियालाई पराजित गर्दै दोस्रोपटक उपाधि जितेको थियो।

साविक विजेता र उपविजेताले नै अन्तिम ४ मा स्थान बनाएको यो ३२ वर्षपछि हो। यसअघि १९९० मा अर्जेन्टिना र जर्मनी सेमिफाइनलमा पुगेका थिए।

 

 

अर्जेन्टिनाले १९८६ मा जर्मनीलाई पराजित गर्दै उपाधि जितेको थियो। १९९० को फाइनलमा पनि यी दुवै टोली पुगेका थिए। फाइनलमा जर्मनीले अर्जेन्टिनासँग बदला लिँदै उपाधि जितेको थियो।

अब फाइनल प्रवेशका लागि फ्रान्सले मोरक्को र क्रोएसियाले अर्जेन्टिनाको सामना गर्नेछन्। मोरक्को पोर्चुगललाई पराजित गर्दै पहिलोपटक सेमिफाइनलमा पुगेको छ।

अर्जेन्टिना २०१४ को विश्वकपमा फाइनलमा पुगेको थियो। तर २०१८ मा फ्रान्ससँग पराजित भएर अन्तिम १६ बाटै बाहिरिएको थियो। अर्जेन्टिनाले नेदरल्याण्डलाई पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएको हो।

 

 

आ–आफ्नो खेलमा विजयी भए फेरि पनि विश्वकपको फाइनलमा गत संस्करणकै टोली दोहोरिने छ। तर त्यसका लागि फ्रान्सले मोरक्को र क्रोएसियाले अर्जेन्टिनालाई पन्छाउनु पर्छ।

मोरक्कोले जारी विश्वकपमा बेल्जियम, स्पेन र पोर्चुगललाई पराजित गरेको थियो। यता अर्जेन्टिनाले नेदरल्याण्ड्स, पोल्याण्ड, अष्ट्रेलियालाई पराजित गरेको छ। लियोनल मेस्सीको टोली उनको कप्तानीमा विश्वकप जित्ने लक्ष्यमा छ।

यसअघिको विश्वकपमा सेमिफाइनलमा ४ वटै युरोपियन राष्ट्र पुगेका थिए। तर यो पटक दक्षिण अमेरिकी अर्जेन्टिना र अफ्रिकन मोरक्कोले पनि सेमिफाइनलमा स्थान बनाएका छन्।

 

 

सेमिफाइनलको पहिलो खेलमा आगामी मंगलबार राति पौने १ बजे क्रोएसिया र अर्जेन्टिना तथा बुधबार राति पौने १ बजे फ्रान्स र मोरक्को भिड्ने छन्।

तेस्रो स्थानको लागि शनिबार राति पौने ९ बजे र फाइनल खेल आइतबार राति पौन ९ बजे हुनेछ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

  काठमाडौँ १५ माघ । राहदानी विभागले सोमबारबाट एक महिनाको अग्रिम अनलाइन आवेदन (प्रि इनरोलमेन्ट)को व्यवस्था गरेको छ । आइतबार सूचना प्रकाशित गर्दै विभागले दैनिक १

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

  काठमाडौं १५ माघ । सर्वोच्च अदालतको फैसलासँगै एकसाथ चार पद गुमाएका रवि लामिछानेले पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीको हैसियत के हुन्छ भन्ने बारे विज्ञहरु जुन

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल

  काठमाडौँ १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालयको जिम्मेवारी रास्वपाले पहिल्यै पाइसकेको जिम्मेवारी भएकाले फेरि दाबी गर्नुपर्ने अवस्था

सम्बन्धित

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

राजस्व अधिकृत रामजी रिजाललाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा ६ महिना कैद सजाय

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल

परराष्ट्रमन्त्री विमला राईको पहिलो विदेशभ्रमण श्रीलंकाको हुने

प्रचण्डको पहिलो विदेशी पाहुनका रुपमा अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड काठमाडौंमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...