ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टाइब्रेकरमा गोलकिपर नायक बन्दा क्रोएसिया सेमिफाइनलमा, ब्राजिल आउट


एबीसी / संवाददाता

 

काठमाडौं । दोस्रो पटक गोलकिपर लिभाकोभिच नायक सावित हुँदा ब्राजिललाई पेनाल्टी सुटआउटमा हराएर क्रोएसिया लगातार दोस्रोपटक फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
ब्राजिल भने लगातार दोस्रोपटक क्वार्टरफाइनलबाट बाहिरिएको छ । क्रोएसिया लगातार दोस्रोपटक पेनाल्टीमा आफूलाई अब्बल सावित गर्दै विपक्षीमाथि हावी भयो । खेलअवधि भर पनि लिभाकोभिचले थुप्रैपटक ब्राजिलका उत्कृष्ट प्रहार राखेका थिए ।

कतारको एजुकेशन सिटी स्टेडियममा आज भएको पहिलो क्वार्टरफाइनलमा ९० मिनेटसम्म कुनै गोल हुन सकेन । थपिएको ३० मिनेटको पहिलो हाफ सकिन लाग्दा १०५औँ मिनेटमा नेमारले उत्कृष्ट स्किल देखाउँदै ब्राजिललाई अग्रता दिलाए ।

तर, क्राएसियाका ब्रुनो पेटकोभिचले खेलको ११७औँ मिनेटमा बराबरी गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो । जहाँ क्रोएसियाले विश्वकपको सर्वाधिक ९पाँचपटक०विजेता ब्राजिललाई ४–२ गोलले हराउँदै क्वार्टरफाइनलबाट घर जान बाध्य बनायोे ।

क्रोएसियाले अब अर्जेन्टिना र नेदरल्यान्ड्सबीच हुने आजै हुने दोस्रो क्वार्टरफाइनलको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । क्रोएसियाले यसअघि अन्तिम १६ को खेलमा गोलकिपर लिभाकोभिच नायक बन्दा जापानलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

क्रोएसिका लागि पेनाल्टी प्रहार गरेका निकोला भ्लासिक, लोभरो माजेर, लुका मोडरिच, मिस्लाभ ओर्सिसले बललाई जाली चुमाए । ब्राजिलका रोड्रिगोले गरेको पहिलो प्रहार नै क्रोएसियाका गोलकिपरले रोके । दोस्रो र तेस्रो प्रहार गर्न आएका कासेमिरो र पेड्रोले गोल गरे । तर, अन्तिममा आएका मार्किन्होसको प्रहार पोष्टमा लाग्दा अन्तिम प्रहारअघि नै क्रोएसियाले खेल जित्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com