ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गगन थापाले भने, ‘कांग्रेसभित्र ठूलो विद्रोह गर्ने बेला आएको छ’


एबीसी / संवाददाता
आश्विन १४, २०७९ शुक्रबार  १२ : ३१ बजे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवा एक पक्षीय निर्णय गर्दै अघि बढेको भन्दै पार्टीभित्र ठूलो विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

पार्टी सभापति देउवाले नेता डा. शेखर कोइरालालाई पेलेर एकपक्षीय निर्णय गर्दै अघि बढेको सन्दर्भमा थापाले सार्वजनिक रुपमा कडा अभिव्यक्ति दिएका हुन् ।

चौधौँ महाधिवेशनमा डा. कोइराला प्यानलबाटै महामन्त्रीमा निर्वाचित थापाले पार्टीमा ठूलो असन्तुष्टि रहेको पनि सुनाए। यसका लागि पार्टीमा नयाँ विद्रोहको आवश्यकता भइसकेको पनि उनले बताए।

‘कांग्रेस पार्टीभित्र ठूलो असन्तुष्टि रहेको छ। यसका लागि नयाँ विद्रोह आवश्यक रहेको छ’, उनले भने, ‘आफ्नै पार्टीभित्र ठूलो शुद्धीकरण गर्ने बेला आएको छ। आफ्नै पार्टीभित्र ठूलो विद्रोह गर्नुपर्ने अवस्था छ।’

उनले अहिलेको संसदीय व्यवस्था चुनावदेखि चुनावसम्मको गोलचक्करमा फस्दै गएको पनि बताएका छन्।

‘अहिलेको संसदीय व्यवस्था चुनावदेखि चुनावसम्मको गोलचक्करमा फसेको छ। चुनाव लड्ने र सत्तामा पुग्ने होडले पार्टीहरु पार्टी जस्ता रहेनन्’, उनले भने, ‘नेपाली कांग्रेस जुन उद्देश्यका साथ स्थापना भएको हो। त्यो उद्देश्यकासाथ अघि बढ्न सकेन। यो चिन्ताजनक अवस्था हो।’

नेपाली राजनीति दलहरुको उद्देश्य चुनाव लड्ने र सत्तामा पुग्ने मात्रै भएको तर्क उनले दोहोर्‍याए।

थापाले पार्टीभित्रको अवस्था नै त्यस्तै रहेको बताउँदै कसैलाई निराश बनाउन यो कुरा नबोलेको पनि उल्लेख गरे। ‘मैले निराशाका कुरा गरेको होइन। अहिलेको अवस्था नै यस्तो छ’, उनले भने, ‘युवाहरू कांग्रेसमा प्रवेश गरेकाले मलाई केही उत्साहित बनाएको छ ।’

कांग्रेस र आफूप्रति भरोसा गरेर प्रवेश गरेका युवाहरुको भावनालाई आफूले मर्न नदिने प्रतिबद्धता उनले व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माधव नेपालसहित ९३ जना विरूद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दियो साक्षी बुझ्ने आदेश

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

सम्बन्धित

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com