ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति भण्डारीले असंलग्न परराष्ट्र नीतिबारे चिनियाँ फोरममा आज सम्बोधन गर्दै


एबीसी / संवाददाता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको असंलग्न परराष्ट्र नीतिबारे एक चिनियाँ फोरममा आज सम्बोधन गर्दैछन् ।

राष्ट्रपति कार्यालयका अनुसार चाइनिज पिपुल्स एसोसियसन फर पिस एन्ड डिसआर्मामेन्टले आयोजना गर्ने सम्मेलनमा भण्डारीले ‘प्रि रेकडेर्ड’ भिडिओ सन्देश दिन लागेकी हुन्। उनले असंलग्न परराष्ट्र नीति, पञ्चशील र विश्व शान्तिमा योगदानबारे बोल्ने राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिए । सम्बोधन लिखित हुनेछ ।

यसअघि काठमाडौंस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपतिलाई उक्त सम्मेलनका लागि निमन्त्रणा पठाएको थियो।

‘परराष्ट्र मन्त्रालयले पठाएको निमन्त्रणाबमोजिम राष्ट्रपतिले उक्त सम्मेलनमा भिडिओ सन्देश दिन लाग्नुभएको हो। केही दिनअघि मात्रै यसबारे जानकारी पाएका हौँ’, ढकालले भने।

उनले सरकारका तर्फबाट सम्मेलनमा सहभागी नहुन कुनै पनि खालको आग्रह नगरिएको बताए।

‘केही मिडियामा भनिएजस्तो राष्ट्रपतिलाई उक्त सम्मेलनमा भाग नलिन सरकारका तर्फबाट कुनै आग्रह गरिएको छैन’, ढकालले भने।

उक्त सम्मेलनमा चीनले अघि बढाएको ग्लोबल सेक्युरिटि इनिसियटिभबारे पनि छलफल हुने बताइएको छ। यद्यपि चीनको उक्त इनिसियटिभमा नेपालले अहिलेसम्म सहमति जनाएको छैन। सैन्य गठबन्धनको झल्को दिने खालको उक्त अवधारणामा नेपाल सहभागी हुनु उपयुक्त नहुने सरकारी बुझाइ छ।

परराष्ट्रमन्त्री नारायण खड्काले चिनियाँ समकक्षी वाङ यीसँग चीन भ्रमणका क्रममा डेढ महिनाअघि भएको छलफलमा नेपाल ग्लोबल सेक्युरिटि इनिसियटिभमा आबद्ध हुन नसक्ने बताएका थिए।

‘हामी कुनै पनि सैन्य गठबन्धनमा जाँदैनौं। असंलग्न परराष्ट्र नीति नै हाम्रो मूलमन्त्र हो’, उनले भनेका थिए।

उनले अमेरिकाको हिन्द प्रशान्त सैन्य रणनीतिअन्तर्गतको स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल बाहिरिसकेको पनि बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com