काठमाडौं । नेकपा माओवादी केन्द्रको समानुपातिक उम्मेदवारको सूचीमा उपाध्यक्ष कृष्णबहादुर महराको नाम समेत समावेश भएको पाइएको छ ।
महरा दाङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए । उनले २०७४ सालमा त्यही क्षेत्रबाट चुनाव जितेका थिए । तर, यसपटक भने उनी आफैंले प्रत्यक्ष चुनाव लड्ने इच्छा नदेखाएपछि उनलाई समानुपातिकमा राखिएको एक पदाधिकारीले बताए ।
समानुपातिक सूची बुझाउनमा निर्वाचन आयोगमा महासचिव देव गुरुङ, सचिव लिलामिण पोखरेल लगायतका नेताहरु गएका छन् ।







प्रतिक्रिया दिनुहोस्