ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानन्यायाधीश राणा आज सर्वोच्चमा हाजिर हुने, अदालत परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी


एबीसी / संवाददाता
आश्विन २, २०७९ आईतबार  १० : १३ बजे

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा आजदेखि सर्वोच्च अदालत फर्कने भएका छन् । प्रतिनिधिसभाको कार्यकाल समाप्त भएसँगै महाअभियोग निष्प्रभावी बनेको भन्दै प्रधानन्यायाधीशकै हैसियतमा राणा आइतबार सर्वोच्च अदालत फर्किन लागेका हुन ।

उनले प्रतिनिधिसभाको कार्यकालसँगै महाअभियोगको विषयमा सम्पूर्ण रूपमा सकिएकाले आजबाट सर्वोच्च फर्किन लागेको जानकारी दिएका छन् ।

प्रधानन्यायाधीश राणाले आफू बिहान ११ बजे सर्वोच्च अदालतमा पुग्ने जानकारी दिएका छन् । राणाले आफू अदालतका कामका लागि फर्किन लागेको जानकारी सर्वोच्च अदालतको प्रशासनमा समेत गराएका छन ।

सत्तारूढ दलका सांसदले संविधान र कानुनको अपव्याख्या हुने गरी गरी अर्को प्रतिनिधिसभामा महाअभियोग पेश हुने गरी अघि बढाउन भन्दै सभामुखलाइ सिफारिस गरेको भोलिपल्टै प्रधानन्यायाधीश राणा काममा फर्किन लागेका हुन । उनले यसअघि संसदीय समितिमा उपस्थिति भएर नै महाअभियोगको औचित्य समाप्त भैसकेको बताएका थिए ।

राणामाथि छानबिन गरिरहेको संसदको आयु नै शनिबार रातिदेखि सकिएको छ । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै महाअभियोग स्वतस् निष्क्रिय भएकाको छ । यद्यपी सत्तारूढ दलका कानुनव्यवसयाीले त्यसलाइ अस्वीकार गर्दै आएका छन । संसदीय समितिमा रहेका ११ सदस्य मध्ये ५ सदस्य महाअभियोगको विपक्षमा रहेका छन । दलको रूपमा एमाले र लोसपा महाअभियोगको विपक्षमा उभिएका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माधव नेपालसहित ९३ जना विरूद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दियो साक्षी बुझ्ने आदेश

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

सम्बन्धित

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com