ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चोलेन्द्र शमशेरले बयानमा हस्ताक्षर गर्न मानेनन्


एबीसी / संवाददाता

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोग सिफारिस समितिले लिएको बयानमा हस्ताक्षर गर्न मानेनन् ।

समितिले तयार पारेको १७४ पेजको बयान लामो भएको भन्दै जबराले हस्ताक्षर गर्न नमानेका हुन् । बयानको अन्तिम पेजमा मात्र हस्ताक्षर गर्न तयार भएका जबराले लामो रहेछ भन्दै पन्छिन खोजेपछि अहिले सबै बयान पढेर सुनाउने काम भइरहेको छ । त्यसका लागि ४५ मिनेट बैठक स्थगित गरिएको छ ।

समितिका एक सदस्य मीन विश्वकर्माका अनुसार सुरुमा जबराले सबै पढेर नसकिने भन्दै अन्तिमको एक पेजमा हस्ताक्षर गरिदिने बताएका थिए । तर हस्ताक्षर गर्न दिने बेला उनले नमानेपछि अहिले अध्योपान्त पढेर सुनाउने काम भइरहेको विश्वकर्माले जानकारी दिए ।

विश्वकर्माले भने, ‘मैले बोलेका सबै कुराहरु बयान हुन् र अन्तिममा एक पेजमा हस्ताक्षर गर्दिन्छु, यो ठूलो रैछ, झण्डै दुई सय पेजको कपी मैले घरमा पढ्न पनि सक्दिनँ भन्नुभयो । बैठकमा ठ्याक्कै सही गर्नलाई कागज दिने बेलामा म यसमा साइन गर्दिनँ भन्नुभयो ।’

कसैले उक्साएकाले जबराले हस्ताक्षर गर्न नमानेको हुन सक्ने अनुमान विश्वकर्माले गरे । ‘यसो बुझ्दा प्रभोक गरेको जस्तो लाग्यो । केही माननीय सदस्यहरुले उहाँलाई सोधौं न उहाँले नगर्न पनि त सक्नुहुन्छ भनेपछि उहाँले गर्दिनँ भन्नुभयो,’ विश्वकर्माले भने ।

‘अक्षरश पढेर हस्ताक्षर गर्ने भनेपछि अहिले अधोपान्त पढाएर साइन गराउने तयारी भइरहेको छ । बयान १७४ पेजको छ,’ उनले भने । पढ्दै जाँदा भने जबराले ठिक छ भनेको उनले बताए ।

पाँच दिनसम्म लिएको ४३ प्रश्नको जफाव समितिले १७४ पेजमा तयार पारेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com