ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाअभियोग सिफारिस समिति बैठक बस्दै


एबीसी / संवाददाता
भाद्र २९, २०७९ बुधबार  ८ : ५६ बजे

काठमाडौँ, २९ भदौ ।  महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय गर्ने तयारी छ । गएको फागुनमा प्रतिनिधि सभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशबाट निलम्बनमा परेका जबरासँग भदौ १५ गतेदेखि महाअभियोग सिफारिस समितिले बयान लिएको हो । समितिले पाँच दिन लगाएर जबरालाई ४३ प्रश्न सोधेको छ ।

बयानका क्रममा जबराले आफूमाथि लगाइएको महाअभियोग प्रस्तावको औचित्य सकिएको दाबीसहित सर्वोच्च अदालतका न्यायाधीश, अधिवक्ता, राजनीतिक दलमाथि नै विभिन्न आरोप लगाउनुभएको छ । अब आज बयानका क्रममा जबराले व्यक्त गरेका भाषा, विषय र व्यक्ति–निकायबारे प्रतिप्रश्न गरिने समिति सदस्य मीन विश्वकर्माले जानकारी दिनुभएको छ । यसैबीच, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आरोप लगाएका व्यक्तिलाई पनि समितिले बयानको लागि बोलाउने भएको छ ।

बयानका क्रममा जबराले नाम लिएका विभिन्न दलका नेता, न्यायाधीश, पूर्व प्रधानन्यायाधीशहरु, वरिष्ठ अधिवक्ता, बार एसोसिएशन, सर्वोच्च बार एसोसिएशन लगायतका पदाधिकारीलाई पनि बयानमा बोलाउने समितिको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com