जनकपुरधाम, २३ भदौ । नेपालमा टिकटक एप बन्द गर्नुपर्ने माग राखेर युवाहरुले आज मधेसको राजधानी जनकपुरधाममा प्रदर्शन गरेका छन् ।जनकपुरधामको विभिन्न भागमा प्रदर्शनपछि युवाहरुको समूह मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाउन मधेस भवन पुगेका थिए । तर मुख्यमन्त्री राउत कार्यालयमा नभेटेपछि कर्मचारीलाई ज्ञापन पत्र बुझाएको छ ।
‘टिकटकका कारण मधेसका चेलीबेटीहरु शारीरिक शोषणका सिकार हुने गरेको र यहाँका युवतीहरु आर्थिक प्रभावमा परेर आफ्नो गोप्य अंग देखाउने गरेकाले समाजमा विकृति बढेको भन्दै टिकटक बन्द गराउनुपर्ने युवाहरुको भनाई छ ।
कला प्रदर्शनीको बहानामा अश्लीलता, अभद्रता फैलिने क्रियाकलाप दिनानुदिन बढ्दै गइरहेको हुनाले नेपालमा टिकटकलाई प्रतिबन्ध लगाउनुपर्ने मुख्यमंत्री राउतलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । टिकटक बन्द गराउन युवाहरुले संघर्ष समिति नै बनाएको छ । समितिको केन्द्रीय संयोजक सुमन चौधरी छन् ।
उनले मधेसका जिल्लाहरुमा टिकटक बन्द संघर्ष समिति बनाएको छ ।यसअघि समितिले विभिन्न जिल्लाका सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । तर टिकटक बन्द गर्न सरकारले चासो नदेखाएको भन्दै दोस्रो चरणको आन्दोलन सुरु गरेको जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्