ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भैरहवाको सान सिटी अस्पताल, जन्मस्थानमा अस्पताल बनाउदा अर्जुन पौडेलमा देखिएको उत्साह


एबीसी / संवाददाता
भाद्र १३, २०७९ सोमबार  ८ : २३ बजे

काठमाडौं, १३ भदौ ।  सिटी अस्पतालका प्रबन्ध निर्देशक हुन अर्जुन पौडेल । युवा व्यवसायी भएकै कारण भैरहवामा जहा आफु जन्मिए त्यही ठाउमा केही गर्नु पर्छ भन्ने हुटहुटिले अहिले भैरहवाकै सानको रुपमा अस्पताल बनेको छ । १० वर्षदेखि भाडाको घरबाट बिरामीको सेवा सुरु गरेका पौडल अहिले सिद्धार्थनगर सिटी अस्पताल प्रा.लिको आफ्नै भवन बनाउन सफल भएका छन ।

रुपन्देहीको मायादेवी गाउँपालिका ८ मा करिब १ अर्बको लगानीमा अस्पताल बनाएका छन । मेडिकल क्षेत्रकै बिद्यार्थी भएकै कारण समेत आफनो जन्म स्थानमा मेडिकल क्षेत्रमा केही गर्नु पर्छ सोचको बिकासको प्रतिफलनै अहिले बनेको सुविधा सम्पन्न अस्पताल हो । २० बर्ष अघि पौडलको सपना थियो मेडिकल क्षेत्रमा आफ्नै गाउ ठाउमा कुनै स्वास्थ्य संरचना निमार्ण गर्ने । त्यही सपना अहिले दुई दशकको अवधिमा पुरा भएको छ । भैरहवाकै सानको रुपमा ठडिएको छ सिद्धार्थनगर सिटी अस्पताल ।

कसरी आयो अस्पताल बनाउने सोच

अर्जुन पौडेल भैरहवाकै स्थानीय युवा हुन । जब पौडलले भैरहवाबाट उपचारका लागि नेपालीहरु भारतका बिभिन्न स्थानमा जाने र उपचार गर्नका लागि भारतकै भरपर्दा धेरै बिरामीहरु अकालमै ज्यान गुमाउनु पर्दा पौडलको मन अमिलो हुने गर्दथ्यो । उपचार गर्न गएकाहरुको जिवन मात्रै होइन लाखौ खर्च हुदा उनिहरुका परिवारका पीडा पनि कम थिएनन । नेपाली भएर समेत उपचारको क्रममा भारतकै भर पर्ने स्थानीय देखि छिमिकी जिल्लाबाट आउने बिरामीको पीडाले अब स्वास्थ्य क्षेत्रमा केही गनुपर्छ भन्ने सोच आएको पौडल बताउछन ।

यही सोचले आफु निकटका केही साथीहरुसगको समन्वयमा २०६७ सालमा सिटि अस्पतालको जन्म भयो । अस्पतालको स्थापनापछि बिरामीको चाप निरन्तर बढ्दै गयो । सामान्य अस्पतालमा समेत जटिल बिरामीहरु आउने क्रम बढ्दै गयो । उपचार सम्भव हुनेको उपचार त्यहि नहुने बिरामीको काठमाडौ र भारत रेफर गर्नु पर्ने बाध्यता खड्किरह्यो । बिस्तारै अस्पतालले गति लिदै गयो । अब काठमाडौ र भारतमा समेत बिरामी पठाउन नपर्ने गरि सुविधा सम्पन्न अस्पताल बनाउने सपना २० वर्षपछि पुरा भएको छ निर्देशक पौडेलको ।

अस्पतालको यात्रा

२०६७ सालमा नया सडकमा ६ महिनासम्म संचालन भयो । स्थान कम भएपछि लुम्बिनी रोडमा सारियो । लुम्बिनी रोडमा १५ वेडसहित करीव ९ बर्ष स्वास्थ्य सेवा सञ्चालन भइरह्यो । अस्पतालले किडनी डाईलासिस सेवा, मृगौला रोग ,बालरोग , सर्जरी, फिजिसिन हाडजोर्नी, स्त्री तथा प्रसुती सेवालाई बिस्तार गर्दै गयो । यसरी सेवालाई बिस्तार गर्दा बिरामीको चाप र वेड अभाव भएपछि १५ वेडबाट २०७२ सालमा ५० बेड र त्यसको ६ वर्षपछि २०७८ मा एक सय वेड सहितको अस्पताल बन्यो । प्रबन्ध निर्देशक पौडेल भन्छन २० वर्ष अघि मनमा जुन सपना थियो अहिले पुरा भएको छ ।

अब अझै केही गर्नु पर्छ भन्ने सोच रोकिएको छैन । अहिले अस्पतालमा १ अर्ब लगानी भइसकेको छ । अस्पताल अहिले मानवसेवाको स्थल जस्तै बनेको छ । दौनिक हजारौ बिरामीहरुले उपचार लिइरहेका छन । अस्पतालमा लग्जरीयस क्यावीन, विदेशी तथा भिआईपी बिरामीहरुका लागी ईन्टरनेशनल कम्प्लेक्ससहित ओपिडिसेवा दिन सकिन्छ । लुम्बिनी अन्र्तराष्ट्रिय बिमानस्थलको नजिकै अस्पताल रहेका कारण बिमानस्थलबाट आउने बिरामी पाहुनालाई लक्षित गरि ३ वटा अब्र्जवेशन बेड र २ वटा स्वीट सहित अन्र्तराष्ट्रिय युनिट रहेको छ । अस्पताल नजिकै भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी समेत रहेकाले विदेशी पर्यटनदेखि कुटनितीक नियोग, उच्चपदस्थ व्यक्तिलाई समेत आपतकालिन उपचार गर्न अस्पताल तयार गरेर राखेको पौडेल बताउछन् ।

के के छन सुविधा

डाईलासीस,आईसियु ,अत्याधुनिक उपकरण , स्टिल अप्रेसन थे्रटर तिन वटा रहेका छन् । अस्पताल पुर्ण डिजिटल ,बिरामीहरुका लागि ¥याम्प र लिफ्टको सुविधा । अस्पतालमा बिरामीको सुरक्षाको लागि फायर फाईटिङ सिस्टम, फायर आलरम सिस्टम, ईस्मोक डिडेक्टर सिस्टम , चट्याङबाट बचाउन रड्रसिस्टम अस्पतालमा जडित छन् । आजका दिनमा हेयर टान्सप्लान्टका लागि, अमेरिका , ईजरायल, जापान,स्पेन, क्यानडा र पोखरा काठमाडौबाट पनि धेरै जना यहा आउने गरेका छन् । निसन्तान दम्पतिका लागि अत्याधुनिक आईभिएफ सेन्टर अस्पतालमा संचालनमा छ ।

रोग पहिचान तथा उपचारका लागी आवश्यक पर्ने अत्याधुनिक प्रविधि तथा उपकरणहरु, प्रयोगशालामा हुने अटोमेटिक एनालाईजर, ६४ स्लाईस सिटी स्क्यान, मोड्युलर अपरेशन, आईसियुका लागी भेन्टिलेटरको ब्यवस्था छ । अस्पतालले हाडजोर्नी तथा मेरुदण्ड अपरेशन सेवा, दुरविनबाट गरिने पत्थरी अपरेशन लगायत सम्पूर्ण अपरेशन सेवा, डाईलासिस सेवा, छाला सम्बन्धि लेजर सर्जरी तथा कपाल प्रत्यारोपण सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही १ मा रोचक प्रतिस्पर्धा : नयाँ भर्सेस पुराना, तर बहुपक्षीय प्रतिस्पर्धा (तथ्य,व्यक्तित्व र विरासत विस्तृत)

जसपाको चुनावी घोषणापत्र: संविधान पुनरावलोकन आयोग गठनको प्रस्ताव (पूर्णपाठ)

सम्बन्धित

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

पूर्वराजा आउँदा विमानस्थल परिसर अस्तव्यस्त, यात्रुलाई सास्ती

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फिलिपिन्सबाट पक्राउ परेका प्रकाश पाठक काठमाडौं ल्याइए, अनुसन्धान सुरु

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

राजविराजमा गाडीबाटै फर्किए बालेन्द्र, ‘गजेन्द्र बाबु’को सालिकमा माला फ्याँकेर हिँडेपछि समर्थक निरास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com