ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भैरहवाको सान सिटी अस्पताल, जन्मस्थानमा अस्पताल बनाउदा अर्जुन पौडेलमा देखिएको उत्साह


एबीसी / संवाददाता

काठमाडौं, १३ भदौ ।  सिटी अस्पतालका प्रबन्ध निर्देशक हुन अर्जुन पौडेल । युवा व्यवसायी भएकै कारण भैरहवामा जहा आफु जन्मिए त्यही ठाउमा केही गर्नु पर्छ भन्ने हुटहुटिले अहिले भैरहवाकै सानको रुपमा अस्पताल बनेको छ । १० वर्षदेखि भाडाको घरबाट बिरामीको सेवा सुरु गरेका पौडल अहिले सिद्धार्थनगर सिटी अस्पताल प्रा.लिको आफ्नै भवन बनाउन सफल भएका छन ।

रुपन्देहीको मायादेवी गाउँपालिका ८ मा करिब १ अर्बको लगानीमा अस्पताल बनाएका छन । मेडिकल क्षेत्रकै बिद्यार्थी भएकै कारण समेत आफनो जन्म स्थानमा मेडिकल क्षेत्रमा केही गर्नु पर्छ सोचको बिकासको प्रतिफलनै अहिले बनेको सुविधा सम्पन्न अस्पताल हो । २० बर्ष अघि पौडलको सपना थियो मेडिकल क्षेत्रमा आफ्नै गाउ ठाउमा कुनै स्वास्थ्य संरचना निमार्ण गर्ने । त्यही सपना अहिले दुई दशकको अवधिमा पुरा भएको छ । भैरहवाकै सानको रुपमा ठडिएको छ सिद्धार्थनगर सिटी अस्पताल ।

कसरी आयो अस्पताल बनाउने सोच

अर्जुन पौडेल भैरहवाकै स्थानीय युवा हुन । जब पौडलले भैरहवाबाट उपचारका लागि नेपालीहरु भारतका बिभिन्न स्थानमा जाने र उपचार गर्नका लागि भारतकै भरपर्दा धेरै बिरामीहरु अकालमै ज्यान गुमाउनु पर्दा पौडलको मन अमिलो हुने गर्दथ्यो । उपचार गर्न गएकाहरुको जिवन मात्रै होइन लाखौ खर्च हुदा उनिहरुका परिवारका पीडा पनि कम थिएनन । नेपाली भएर समेत उपचारको क्रममा भारतकै भर पर्ने स्थानीय देखि छिमिकी जिल्लाबाट आउने बिरामीको पीडाले अब स्वास्थ्य क्षेत्रमा केही गनुपर्छ भन्ने सोच आएको पौडल बताउछन ।

यही सोचले आफु निकटका केही साथीहरुसगको समन्वयमा २०६७ सालमा सिटि अस्पतालको जन्म भयो । अस्पतालको स्थापनापछि बिरामीको चाप निरन्तर बढ्दै गयो । सामान्य अस्पतालमा समेत जटिल बिरामीहरु आउने क्रम बढ्दै गयो । उपचार सम्भव हुनेको उपचार त्यहि नहुने बिरामीको काठमाडौ र भारत रेफर गर्नु पर्ने बाध्यता खड्किरह्यो । बिस्तारै अस्पतालले गति लिदै गयो । अब काठमाडौ र भारतमा समेत बिरामी पठाउन नपर्ने गरि सुविधा सम्पन्न अस्पताल बनाउने सपना २० वर्षपछि पुरा भएको छ निर्देशक पौडेलको ।

अस्पतालको यात्रा

२०६७ सालमा नया सडकमा ६ महिनासम्म संचालन भयो । स्थान कम भएपछि लुम्बिनी रोडमा सारियो । लुम्बिनी रोडमा १५ वेडसहित करीव ९ बर्ष स्वास्थ्य सेवा सञ्चालन भइरह्यो । अस्पतालले किडनी डाईलासिस सेवा, मृगौला रोग ,बालरोग , सर्जरी, फिजिसिन हाडजोर्नी, स्त्री तथा प्रसुती सेवालाई बिस्तार गर्दै गयो । यसरी सेवालाई बिस्तार गर्दा बिरामीको चाप र वेड अभाव भएपछि १५ वेडबाट २०७२ सालमा ५० बेड र त्यसको ६ वर्षपछि २०७८ मा एक सय वेड सहितको अस्पताल बन्यो । प्रबन्ध निर्देशक पौडेल भन्छन २० वर्ष अघि मनमा जुन सपना थियो अहिले पुरा भएको छ ।

अब अझै केही गर्नु पर्छ भन्ने सोच रोकिएको छैन । अहिले अस्पतालमा १ अर्ब लगानी भइसकेको छ । अस्पताल अहिले मानवसेवाको स्थल जस्तै बनेको छ । दौनिक हजारौ बिरामीहरुले उपचार लिइरहेका छन । अस्पतालमा लग्जरीयस क्यावीन, विदेशी तथा भिआईपी बिरामीहरुका लागी ईन्टरनेशनल कम्प्लेक्ससहित ओपिडिसेवा दिन सकिन्छ । लुम्बिनी अन्र्तराष्ट्रिय बिमानस्थलको नजिकै अस्पताल रहेका कारण बिमानस्थलबाट आउने बिरामी पाहुनालाई लक्षित गरि ३ वटा अब्र्जवेशन बेड र २ वटा स्वीट सहित अन्र्तराष्ट्रिय युनिट रहेको छ । अस्पताल नजिकै भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी समेत रहेकाले विदेशी पर्यटनदेखि कुटनितीक नियोग, उच्चपदस्थ व्यक्तिलाई समेत आपतकालिन उपचार गर्न अस्पताल तयार गरेर राखेको पौडेल बताउछन् ।

के के छन सुविधा

डाईलासीस,आईसियु ,अत्याधुनिक उपकरण , स्टिल अप्रेसन थे्रटर तिन वटा रहेका छन् । अस्पताल पुर्ण डिजिटल ,बिरामीहरुका लागि ¥याम्प र लिफ्टको सुविधा । अस्पतालमा बिरामीको सुरक्षाको लागि फायर फाईटिङ सिस्टम, फायर आलरम सिस्टम, ईस्मोक डिडेक्टर सिस्टम , चट्याङबाट बचाउन रड्रसिस्टम अस्पतालमा जडित छन् । आजका दिनमा हेयर टान्सप्लान्टका लागि, अमेरिका , ईजरायल, जापान,स्पेन, क्यानडा र पोखरा काठमाडौबाट पनि धेरै जना यहा आउने गरेका छन् । निसन्तान दम्पतिका लागि अत्याधुनिक आईभिएफ सेन्टर अस्पतालमा संचालनमा छ ।

रोग पहिचान तथा उपचारका लागी आवश्यक पर्ने अत्याधुनिक प्रविधि तथा उपकरणहरु, प्रयोगशालामा हुने अटोमेटिक एनालाईजर, ६४ स्लाईस सिटी स्क्यान, मोड्युलर अपरेशन, आईसियुका लागी भेन्टिलेटरको ब्यवस्था छ । अस्पतालले हाडजोर्नी तथा मेरुदण्ड अपरेशन सेवा, दुरविनबाट गरिने पत्थरी अपरेशन लगायत सम्पूर्ण अपरेशन सेवा, डाईलासिस सेवा, छाला सम्बन्धि लेजर सर्जरी तथा कपाल प्रत्यारोपण सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com