काठमाडौं, १३ भदौ । काठमाडौं महानगरले महानगरभित्र बनेका अवैध संरचना भत्काउने अभियानलाई तीब्रता दिएको छ । महानगरले दिएको ३५ दिने सूचनाको अवज्ञा भएपछि महानगरले प्रहरीको सहयोगमा डोजर लगाएर भत्काउने काम भइरहेको छ । जुनसुकै निकायको भएपनि अवैध संरचना भत्काएरै छाड्ने महानगरको प्रतिवद्धता छ । आज महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना भत्काउन लागेको छ । अर्केडमा बनाएको अनधीकृत सरचना भत्काउन महानगरपालिले दुई वटा डोजर पृुगेको छ ।
स्थानीय निकायको चुनावमा मत माग्दा काठमाडौंको पार्किङ समस्या सम्बोधन गर्ने संकल्प गरेका महानगर प्रमुख बालेन्द्र शाह अवैध संरचना ध्वस्त बनाउने अभियानको नेतृत्व लिएर आफैं मैदानमा खटिएका छन् ।
कार्य सुरु गरेस“गै आगामी दिनमा पार्किङको समस्या समाधानसगै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने महानगरको विश्वास छ । काठमाडौंका व्यापारीहरुले भने महानगरका मेयर बालेनले शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । दशैंको मुखैमा व्यवसायीमाथि अन्याय भएको भन्दै उनीहरुले आपति जनाएका हुन् । प्रमुख साहले सामाजिक सञ्जालमार्फत अवैध संरचना भत्काउ“दा भाडावालालाई हुन गएको समस्या र क्षतिको विषयमा मालिकबाट क्षतिपूर्ति गराउनेतर्फ कामपाले हदैसम्मको पहल गर्ने जानकारी गराएका छन् ।








प्रतिक्रिया दिनुहोस्