ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीर अस्पतालको बेइमानी र लापरबाही : पित्तथैलीको पत्थरी अप्रेशन गर्नुपर्ने विरामीको दाँत को अप्रेसन


एबीसी / संवाददाता

काठमाडौं, ४ भदौ । वीर अस्पतालमा पित्तथैलीको पत्थरीको अप्रेशन गर्न जानुभएकी राधिका ओझाको अघिल्लो भागको ३ वटा दाँत झिकिएको छ ।५० वर्षीया राधिका साउन ३० गते आफै हिँडेर अस्पताल भर्ना हुन जानुभएको थियो । राम्रो अनुहार, दाँतमा कुनै समस्या नभएकी राधिका अप्रेशनबाट निस्किदा तीन वटा दाँत गुमाएर फर्किनुभयो । राधिकालाई डाक्टर जेके ओझाको टिमले उपचार गरेको आफन्तको भनाइ छ ।

आफन्तले भन्नुभयो पित्तथैलीको पत्थरीको अप्रेशन गर्न अप्रेशन थियटरमा दाँत केही नभएकी आमा पठाउँदा अगाडिका तीन वटा दाँत निकालिएको छ । हामी गरिबको आवाज सुनिदिने को छ ? उचित छानबिन होस् । यस्ता डाक्टरहरुले हामीलाई मार्न सक्छन् । पित्तथैलीको पत्थरीको अप्रेशन गर्दा दाँत निकाल्दिनेले अरु अंग निकाल्न सक्छन् । उहाँले थप भन्नुभयो हामी यहाँ जाँच
गर्न आएका थियौँ । त्यो बेला पित्तथैलीमा पत्थरी छ भनियो । अप्रेशन गर्नुपर्छ भनेर ३१ गतेको डेट दिइयो ।

हामी ३० गतें नै अस्पताल आएर भर्ना भयौँ । ३१ गते अप्रेशन थियटरमा लगियो । केही घण्टापछि अप्रेशन सफल भएको छ भनेर सुनाईयो हामी खुशी भयौँ। आमा, भेन्टिलेटरमा हुनुहुन्थ्यो । अगाडि बोल्न सक्ने अवस्था थिएन । हामीले भेन्टिलेटरमा खासै देख पाएनौँ। त्यसपछि आइसीयूमा लगियो । त्यहाँ बिहान बेलुका भेट्न पायौँ। आइसीयूमा भेट्दा आमाको अगाडिको दाँत देखिएन । तीन वटा दाँत नदेख्दा हामी चकित भयौँ। आमालेपनि मेरो पत्थरीको अप्रेशन गरेको हो कि दाँतको अप्रेशन गरेको हो भनेर सोध्नुभयो । हामी चकित भयौँ ।

अहिले डाक्टरहरुले १० हजार दिन्छौ, ५ हजार दिन्छौ । दाँत त हो नी जहाँपनि हाल्न सकिन्छ भन्ने घटिया खालका जवाफ दिइरहेका छन् । यहाँ नेपाल सरकारका उपसचिव सागर मिश्र पनि रहेछन् । उहाँले कुनै रेस्पोन्स गर्नुभएको छैन । आज र भोलि बिदा छ । बिरामी लिएर जानुहोस् पछि कुरा गरौंला भन्दै अन्याय गरिरहेका छन् उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com