ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चन्द्रमामा फेरि मानव लैजाने गरी नासाको विशाल रकेट तयार


एबीसी / संवाददाता
भाद्र ३, २०७९ शुक्रबार  ७ : ३७ बजे

काठमाडौं, ३ भदौ ।  अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमामा मानिस पठाउन निर्माण गरेको रकेट प्रक्षेपणको तयारी थालेको छ ।स्पेस लन्च सिस्टम ९एसएलएस० नामको रकेटलाई फ्लोरिडामा रहेको केनडी स्पेस सेन्टरमा रहेको ‘प्याड–३९ बी’ मा लगिएको छ ।झन्डै सय मिटर अग्लो एसएलएसलाई ठूलो ट्र्याक्टरमा चढाएर प्याडसम्म लगिएको बीबीसीले जनाएको छ ।

त्यहाँबाट रकेट अबको दश दिनपछि अर्थात अगस्ट २९ मा पहिलो पटक उड्नेछ ।त्यो परीक्षण उडानमा चालक दलका कोही पनि सदस्य रहने छैनन् । तर पछि एसएलएस रकेट प्रयोग गरेर अमेरिकाले ५० वर्षपछि चन्द्रमामा पहिलो पटक अन्तरिक्षयात्री पठाउने योजना बनाएको छ ।

यो नासाका लागि एउटा महत्त्वपूर्ण क्षण मानिएको छ । आउँदो डिसेम्बरमा अमेरिकाले अन्तिम पटक चन्द्रमामा सफलतापूर्वक मानव अवतरण गराएको अपोलो–१७ अभियानको ५०औँ वार्षिकोत्सव मनाउन लागेको छ ।नासाले नयाँ आर्टमिस कार्यक्रमसहित अन्तरिक्ष अभियानमा पुनः सहभागी हुने र आधुनिक युगलाई लाभ दिने प्रविधिको प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।आर्टमिस ग्रीक देवता अपोलोकी जुम्ल्याहा बहिनीको नाम हो र उनलाई चन्द्रमाकी देवी पनि मानिन्छ । नासाले आफ्नो चन्द्र अभियानलाई सन् २०३० वा त्यसको केही समयपछि मङ्गल ग्रहमा अन्तरिक्षयात्रीहरू पठाउने आफ्नो तयारीसँग जोडेर हेरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

हतारमा श्रममन्त्री हटाए प्रधानमन्त्री, गृहमन्त्रीमाथि गम्भीर आरोप उठ्दा सरकार मौन

सम्बन्धित

अमेरिकी सेनाले इरानी जहाजलाई नियन्त्रणमा लिएको घटनाप्रति चीनको गम्भीर चासो

वार्ताका लागि सोमबार साँझसम्म अमेरिकी टोली इस्लामावाद पुग्ने ट्रम्पको घोषणा

इरानी कार्गो जहाजमा अमेरिकी आक्रमण, इस्लामावादमा दोस्रो वार्ताको तयारी

तेहरान क्षेत्रमा व्यापक युद्धविराम हुनुपर्छः इरानका उप–परराष्ट्रमन्त्री

टर्कीका राष्ट्रपतिद्वारा खाडी मुलुकहरूको खुला समुन्द्रमा निर्वाध पहुँचको अधिकारमा जोड

कानूनको शासन, न कि शक्तिको प्रदर्शनः संयुक्त राष्ट्र प्रमुख

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com