ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माइत जान्छु भनेर हराएकी थिइन् होटेलमा मृत भेटिएकी पुष्पा


एबीसी / संवाददाता

बुटवल, १ भदौ। आइतबार राति बुटवलको होटलमा मृत भेटिएकी ३३ वर्षकी पुष्पा पुनमगर एक महिनादेखि घरमा सम्पर्कविहीन थिइन् ।

नेपालगञ्जस्थित घरबाट माइत जान्छु भनेर हिँडेको तर माइतमा नपुगेको थाहा पाएपछि वैदेशिक रोजगारीका क्रममा युएईमा रहेका श्रीमान्ले पुष्पा हराएको भन्दै खोजी गरिदिन सामाजिक सञ्जालमार्फत अनुरोध गरेका थिए ।

आइतबार राति बुटवल–२ फूलबारी नजिकैको स्याङ्जा कारीकोटे होटलमा धादिङका ३८ वर्षीय सीताराम भुजेलसँग एउटै कोठामा बास बसेकी पुष्पा अर्को दिन मृत भेटिइन् । भुजेल मानव अंग बेचबिखन सम्बन्धी अपराधमा सुनसरीको झुम्का कारागारमा ७ वर्ष जेल बसेर एक महिनाअघि मात्रै छुटेका थिए ।

‘असार अन्तिममा साउन बार्न भनेर पुष्पा नेपालगञ्जबाट दाङको सतबरिया माइत जान्छु भनेर हिंडेकी रहिछन्’, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष रेग्मीले भने, ‘उनी हराएपछि श्रीमानले खोजी गरिदिन सामाजिक सञ्जालमा सूचना हालेका रहेछन् तर प्रहरीमा निवेदन आएको थिएन ।’

 

होटेलको कोठा नम्बर १३४ बुक गर्दा उनीहरूले आफू श्रीमान–श्रीमती भएको र ठेगाना बुटवल उपमहानगरपालिका–४ उल्लेख गरेका होटलका सञ्चालक बासुदेव लामिछाने मगर बताउँछन् ।

‘सोमबार बिहान ५ नबज्दै सीताराम एक्लै होटलबाट निस्कन खोजेका थिए’, लामिछानेले भने, ‘श्रीमान श्रीमती भनेर बसेपछि एक्लै निस्कनु राम्रो हुन्न भनेर कोठामै फर्काएका थियौंं ।’ ९ बजेसम्म पनि कोठाबाट उनीहरू बाहिर ननिस्केपछि प्रहरीलाई खबर गरेर ढोका तोडेर हेर्दा पुष्पा र सीताराम दुवै जना मृत अवस्थामा रहेका उनले बताए ।

उनीहरु बसेको बेडका तन्ना र टाबेलमा रगत लागेकाले पुष्पाको हत्या गरी भुजेलले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक रेग्मीले बताए ।

भुजेल र महिलाबीच कहिले कसरी भेट भयो र उनीहरुबीच कस्तो सम्बन्ध थियो भन्नेबारे केही खुलेको छैन ।

भुजेल मानव अंग बेचबिखन सम्बन्धी अपराधमा सुनसरीको झुम्का कारागारमा ७ वर्ष जेल बसेर एक महिनाअघि मात्रै छुटेका पाइएको रेग्मीले बताए ।

पुष्पाको साथमा मोबाइलसमेत नभएकाले धादिङका सीतारामसंग भेट कसरी भयो भन्ने अझै नखुलेको प्रहरी निरीक्षक रेग्मीले बताए ।

पुष्पाका माइती पक्षका आफन्त जाहेरी दिने तयारीमा रहेका र श्रीमान् युएईबाट आएपछि पोस्टमार्टम हुने उनले बताए । दुबैजनाको शब लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा छ ।

भुजेलसंगको विवाहेत्तर सम्बन्धमा खटपटकै कारण पुष्पाले ज्यान गुमाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

‘पुष्पाका माइतीहरु जोहरी दिने क्रममा रहेकाले त्यसपछि थप कुरा खुल्ला’–रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्याम अर्यालले भने, ‘भुजेलको पृष्ठभूमिले पनि उनी अपराध कर्ममा संलग्न हुंदै आएको पुष्टी हुन्छ, त्यसको शिकार पुष्पा पनि भइन् भन्ने अहिलेसम्मको अनुसन्धानले देखाउँछ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नागरिकता विधेयक प्रमाणीकरणसँगै संविधान ट्र्याकमा आयो : प्रचण्ड प्रधानमन्त्री

सीमा समस्या समाधानमा जमिनको लेनदेनको कुरा उठ्नु दुर्भाग्य – अध्यक्ष ओली

सम्बन्धित

नेपालमा लगानी बढाउन उद्योग मन्त्रीको आग्रह

पुल नबन्दा विद्यार्थी र सेवाग्राही मर्कामा

त्रिशूलीमा टिपर खस्दा चालक घाइते

वातावरण संरक्षणमा सूचना प्रविधि क्षेत्रको भूमिका बढाउनुपर्छ मन्त्री शर्मा

प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि पूर्वराष्ट्रपति भण्डारीको आग्रह

नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com