ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–चीन उडान एक महिना बन्द हुने


एबीसी / संवाददाता

काठमाडौं, ३० साउन । चीन सरकारले हिमालय एयरलाइन्सको नेपाल–चीन उडान एक महिनाका लागि रोक लगाएको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार कोभिडका कारण चीनले उडानमा रोक लगाएको हो। अगस्ट २ मा उक्त्त एयरलाइन्समा यात्रा गरेका १५ जना यात्रुलाई कोरोना देखिएपछि एक महिनाका लागि उडान बन्द गर्न अनुरोध गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

उनका अनुसार चीनले अगस्ट २२ देखि सेप्टेम्बर २१ सम्म लागू हुने गरी उडान बन्द गरिदिएको छ। काठमाडौंबाट गएका यात्रुको पिसिआर गर्दा कोरोना देखिएछ। त्यहाँको नियमअनुसार एउटा उडानमा १० जनाभन्दा बढीमा कोरोना देखिएपछि एक महिनाका लागि रोक लगाइएको हो,’ उनले भने।हाल हिमालय एयरलाइन्सको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको कुइमिङ सहरका लागि सातामा एक उडान भइरहेको छ।

एक महिनाका लागि हिमालय एयरलाइन्सको उडान रोकिने भएसँगै प्राधिकरणले एयर चाइनालाई उडान थप्न अनुरोध समेत गरेको छ। एक महिनासम्म उडान बन्द हुँदा समस्या हुने भएकाले एयर चाइनालाई उडान थप्न प्राधिकरणले अनुरोध गरेको छ,’ सूचना अधिकारी भुलले भने, उताबाट सकरात्मक प्रतिक्रिया आएको छ। एयर चाइनाले चीनको छेन्दुबाट नेपालमा साताको एक उडान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com