२८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई काँग्रेस र कम्युनिष्टको चक्रब्यूहबाट बाहिर निकाल्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष लिङ्देनले मुलक तीन दशकदेखि काँग्रेस र कम्युनिष्ट पार्टीको चक्रब्यूहमा रहेको भन्दै अहिलेको निर्वाचनबाट त्यसलाई तोड्नुपर्ने बताए । उनले आगामी निर्वाचनलाई नेपाली जनताले तीन दशकदेखि काँग्रेस र कम्युनिष्टको चक्रब्यूहमा फसेको देशलाई निकाल्ने अवसरका रूपमा सदुपयोग गर्नुपर्ने बताए ।
मुलुकलाई चक्रब्यूहबाट बाहिर निकाल्न राप्रपाको चुनाव चिन्हलाई साझा चुनाव चिन्हका रूपमा उपयोग गर्न पनि उनले प्रस्ताव गरे । भ्रष्ट नेतालाई विस्थापित गर्न चुनाव सबैभन्दा राम्रो मौका भएको उनको भनाइ छ ।
नेपाली जनाताले आफ्नो भ्रष्ट नेता विस्थापित गर्न लाठी बोक्न आवश्यक नपर्ने भन्दै उनले त्यसका लागि स्वास्तिक छापको भने ठीक ढंगले प्रयोग गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्