ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनलाई टक्कर दिन अमेरिकाले नेपाल सरकारसँगै नीजि क्षेत्रसँग सहकार्य गर्ने तयारी


एबीसी / संवाददाता

काठमाडौं, १५ साउन । दोस्रो आर्थिक शक्ति चीनसँग टक्कर लिइरहेको अमेरिकाले नेपाल सरकारसँगै नीजि क्षेत्रसँग सहकार्य गर्ने तयारी गरेको छ।सरकारसँग अनुदान सहायता र साझेदारीका कार्यक्रमसँगै व्यापार र वाणिज्य प्रवद्र्धनमा भने अमेरिकाले नेपालको नीजि क्षेत्रसँग साझेदारी थालेको हो।

नेपालको पहिलो अमेरिकन चेम्बर अफ कमर्स (अमचेम) स्थापना भएको आठ महिनापछि शुक्रबार अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले यहाँको व्यापार र वाणिज्य क्षेत्रको प्रवद्र्धनमा अमेरिकाले तीन अर्ब डलर लगानी गर्ने बताएका छन्।‘अमेरिकी सहायक विदेशमन्त्री लुले व्यापार र वाणिज्य क्षेत्रको प्रवद्र्धनका लागि नेपालको नीजि क्षेत्रमा दुई–तीन अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता जनाए’, प्रधानमन्त्री सचिवालयका एक अधिकारीले भने, ‘त्यसबाट ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सकिने छलफल प्रधानमन्त्री देउवा र लुबीच भएको छ।’यसअघि पनि नेपालको नीजि क्षेत्रसँग अमेरिकाले साझेदारी गर्दै नै आएको थियो। तर चीनले व्यापार र उद्योगको क्षेत्रमा लगानी बढाएसँगै अमेरिकी लगानी बढ्न थालेको मानिएको छ।‘

अमेरिकाको निरन्तरको विकास सहकार्यका लागि धन्यवाद दिन चाहन्छु। आगामी दिनमा अझ उच्चस्तरको आर्थिक सहकार्यको अपेक्षा गरेको छु,’ प्रधानमन्त्रीले लुसँगको भेटपछि ट्विटमा भनेका छन्।मध्य र दक्षिण एसियाका लागि अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आएको अवसरमा अमेरिकी दूतावासले बिहीबार व्यवसायी तथा सरकारी नेतृत्व कर्ताहरूका साथ नेपालमा दिगो आर्थिक विकास प्रवद्र्धन गर्नेसम्बन्धी कार्यशाला गोष्ठी आयोजना गरेको थियो। जसमा दूतावासका कार्यबाहक राजदूत म्यानि पी. मिक्कलर, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले आफ्ना धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com