ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चन्द्रागिरी केबलकारमा गम्भीर समस्या, यसरी भयो साढे ५ घण्टामा ६ सय जनाको उद्धार


एबीसी / संवाददाता
असार २२, २०७९ बुधबार  १० : २१ बजे

काठमाडौं । काठमाडौंको सबैभन्दा नजिकै रहेको चन्द्रागिरी केबलकार चढेका सेवाग्राहीहरुको बुधबारको यात्रा सकसपूर्ण रह्यो । कतिपय केवलकारमै साढे ५ घण्टा बढी विताउनुपर्यो भने कतिपय चन्द्रागिरी डाँडामै घण्टौं बस्न बाध्य भए ।

काठमाण्डौंको चन्द्रागिरी नगरपालिका–४ स्थित चन्द्रागिरी हिल्स प्रालिको केबलकारमा करिब २ बजे प्राविधिक समस्या आएको थियो ।

त्यसबारे जानकारी प्रहरीले १ः४० बजे पाएको थियो । सो केवलकारमा सवार थिए राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना । अध्यक्ष तिमिल्सिनासहित १४० जना केवलकारबाट चन्द्रागिरीतर्फ जाँदै गर्दा केवलकारमा समस्या आएको थियो ।

केबल कारमा अड्किएकाहरुको प्रहरी र केवलकार अपरेटर समेतले केवलकारको इमर्जेन्सी लाइन प्रयोग गरी उद्दार गरिएको थियो ।

चन्द्रागिरी डाँडामा पुगेका ४७० जना मानिसहरुको समेत ५ घण्टा लगाएर उद्दार गरिएको थियो ।

डाँडामा पुगेकाहरुलाई प्रहरीले प्रहरीकै गाडी, केवलकारको गाडी प्रयोग गरी थानकोट झारिएको थियो ।

लामो समयसम्म केबलकार रोकिँदा धेरै मानिस आत्तिएका देखिएको उद्दारमा खटिएका प्रहरीहरुले बताएका छन् ।

चन्द्रागिरी डाँडा पुगेको १७० भन्दा बढी मानिसलाई प्रहरीले हिडाउँदै चित्लाङ डाँडा पुर्याएको र गाडीबाट उद्दार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त थानकोटसहित प्रहरी परिसर काठमाडौं लगायतको डेढ सयभन्दा बढी प्रहरी टोली उद्दारमा खटिएको एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

केबलकारमा अड्किएका र डाँडामा पुगेर विचल्लीमा परेका मानिसको उद्दारसँगै राति ८ बजेपछि केबलकार सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com