ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुखको पहलमा अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति


एबीसी / संवाददाता
असार २२, २०७९ बुधबार  ३ : ०१ बजे

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा भएको छलफलबाट अर्थमन्त्री जनार्दन शर्माबारे छानबिनका लागि संसदीय समिति बनाउने सहमति भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रीमाथि छानविन गर्न संसदीय समिति गठनको माग गर्दै आएको थियो । अर्थमन्त्री शर्मालाई आर्थिक वर्ष २०७८–०७९ को बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप छ ।

पछिल्लो पटक राजीनामाको माग उठ्न थालेपछि मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । लगत्तै माओवादी संसदीय समिति बनाउन तयार भयो ।

छानबिन समिति गठन गर्नुपूर्व अर्थमन्त्री शर्माले संसदमा आफ्नो धारणा राख्न चाहेका थिए । एमाले भने उनलाई स्पष्टीकरणको अवसर दिन तयार भएन, बरु संसदीय समिति गठन गर्नुअघि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने शर्त अघि सारेको थियो ।

यो नैतिक प्रश्न भएकाले एमालेले उठाउने र संसदीय समिति बनाएर अघि बढ्ने सहमति भएको छ । समितिको सदस्य संख्या भने टुंगो लागेको छैन । एमालेले सांसद संख्याको अनुपातमा आफ्नो उपस्थिति हुनुपर्ने र नेतृत्व पाउनुपर्ने माग गरेको छ । यसमा अरु दलहरु पनि सकारात्मक देखिएका छन् ।

अब सुरु हुने संसदमा सभामुखले संसदीय समिति गठनको घोषणा गर्न सक्ने संसद सचिवालय स्रोतले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

सम्बन्धित

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

संविधान संशोधन बहसमा सहमति त छ, तर स्पष्ट दिशा र राजनीतिक इच्छाशक्ति अझै कमजोर

संविधान उल्लंघनको आरोपसहित सरकारमाथि तीव्र आलोचना, प्रशासनिक हस्तक्षेपबारे प्रश्न

लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार

होर्मुज जलसन्धिमा ‘प्रोजेक्ट फ्रीडम’: अलपत्र जहाज निकाल्न ट्रम्पको नयाँ सैन्य कदम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com