काठमाडौ, २० असार । गम्भीर आर्थिक संकट सामाना गर्दै आएको श्रीलंकामा एक दिनका लागि मात्र पुग्ने इन्धन मौज्दात रहेको त्यहाँको सरकारले जनाएको छ ।
ऊर्जामन्त्री कञ्चना विजेसेखेराले मुलुकको भण्डारमा करिब ४ हजार टन पेट्रोल बाँकी रहेको र त्यो एक दिनका खपतका लागि मात्र पर्याप्त भएको बताए ।
पेट्रोलियम पदार्थको अभावमा सार्वजनिक सवारी आवागमन ठप्प छ । अधिकांश ग्यास स्टेशनमा ताला लागेको छ । यसअघि सरकारले आपतकालीनबाहेक सबै प्रयोजनको इन्धन बिक्रीमा दुई साताका लागि रोक लगाएको थियो ।
२२ वा २३ जुलाइमा मात्र इन्धन आयात हुने ऊर्जामन्त्रीले बताए ।
प्रतिक्रिया दिनुहोस्