काठमाडौं, २५ चैत्र । टर्कीको इस्तानबुलस्थित बेसिकटास जिल्लामा रहेको इजरायली महावाणिज्य दुतावास नजिकै मंगलवार भएको आक्रमणमा एक आक्रमणकारीको मृत्यु भएको छ भने दुई प्रहरी अधिकारी र दुई आक्रमणकारीसहित अन्य चार जना घाइते भएका छन् । इस्तानबुलका गभर्नर दाभुत गुलले घटनास्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आक्रमणकारीहरूले सो क्षेत्रमा सुरक्षा प्रदान गरिरहेका प्रहरी अधिकारीहरूलाई लक्षित गरेको बताउनु भयो । उहाँकाअनुसार गोलीबारीका क्रममा प्रहरी अधिकारीहरू सामान्य घाइते भएका छन् । गभर्नरको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार यो घटना स्थानीय समय नुसार दिउँसो करिब १२ः१५ बजे शुरु भएको थियो । घाइते भएका दुई आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । टर्कीका न्यायमन्त्री अकिन गुर्लेकले यस घटनाको बारेमा बहुआयामिक अनुसन्धान शुरु गरिएको बताउनुभएको छ ।








प्रतिक्रिया दिनुहोस्