ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तकोसीले धार बदल्यो, चार हजार घर उच्च जोखिममा, बहाव रोक्न सशस्त्र प्रहरी तारजाली लगाउँदै


एबीसी / संवाददाता
असार १९, २०७९ आईतबार  २ : ०१ बजे
चतरा (उदयपुर), १९ असार । शुक्रबारदेखिको अविरलको वर्षासँगै आएको बाढीपछि सप्तकोसी नदीले धार बदलेको छ । नदीको धार बदलिएसँगै चार हजार घर नदी कटान तथा डुबानको उच्च जोखिममा परेको छन् ।

सप्तकोसीको सम्भावित कटान र डुबान रोक्न सशस्त्र प्रहरी बलले बाँध निर्माणलाई तिव्रता दिएको छ । नदीको धार गाउँतिर सोझिँदा बेलका नगरपालिकाका चार वडाका एक दर्जनभन्दा बढी बस्ती उच्च जोखिममा परेको छन् । नदी गत वर्षदेखि पश्चिमपट्टि सोझिदा तीव्र कटान हुन थालेको हो । कटनका कारण बेलका नगरपालिकाको वडा नम्बर २, ३, ८, ९ उच्च जोखिममा परेका छन् । बेलका नगरपालिका–८ डुम्रिबोटमा नदीले कटान तीव्र पारेपछि सशस्त्र प्रहरीले बाँध निर्माणलाई जोड दिएको हो ।

कोसी सम्झौताअनुसार भारत सरकारले नदीको दुवैतर्फ स्थायी तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेको स्थानीयबासी बताउँँछन् ।

स्थानीयवासी भन्छन् ‘नदी पूरै गाउँतिर सोझिएको छ, ढुक्कले निदाउँन सक्ने अवस्था छैन । सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्छ । बर्खामा नदीले वर्षेनी धेरै जनधनमा क्षति पुर्‍याउँदै आएको छ । बाढी आउँदा घर जग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्र रुपमा गर्दा सप्तकोसी किनाराका हजारौंँ बासिन्दा घरबारविहीन बनिसकेका छन् ।

सप्तकोसीले धार परिर्वतन गर्दा गतवर्षदेखि नै उदयपुरको बेलका नगरपालिका– ८ को लाहुरे खोँचमा कटान गर्दा सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्षका चार हजार घर परिवार उच्च जोखिममा छन् । अहिले बेलका नगरपालिका– ८ को लाहुरे खाँेच र डुम्रिबोटेमा कटान तीव्र पारेको छ ।

तीन सय मिटर कटान
यसवर्ष पनि सप्तकोसीमा पानीको सतह बढेसँगै यस क्षेत्रका बासिन्दा जोखिममा परेका हुन् । कोसीले गतवर्ष ६ सय मिटर कटान गरेको थियो भने यस वर्षको बाढीले थप तीन सय मिटर कटान गरी सकेको छ । अब दुई सय मिटर कटान गरे सप्तकोसीले नयाँ मार्ग बनाउने र यहाँ बसोबास गर्ने चार हजार घर परिवार बिस्थापित हुनु पर्ने अवस्था रहेको बराह क्षेत्र नगरपालिका–६ का निर्वतमान वडा सदस्य श्यामबहादुर लिम्बूले बताए ।

नदीको कटना रोक्न तत्काल प्रयत्न नगरे बेलका नगरपालिकाका–२, ३, ८, ९ र  बराहक्षेत्र नगरपालिका–६ सहित सप्तरीको फत्तेपुर, कन्चनरुप, भारहद, राजविराज हुँदै कुनैली नाका भएर नदी बग्ने लिम्बूको भनाइ छ ।

चार विद्यालय नदी कटनपछि विस्थापित 
सप्तकोसी कटानले बराह क्षेत्र नगरपालिका–६ चिलिया टप्पुस्थित बाल सेवा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, कौशिका आधारभूत विद्यालय बेलका नगरपालिका–३ तर्फ सरस्वती आधारभूत विद्यालयसहित २ वटा स्वास्थ्य संस्था विस्थापित भई सकेको निर्वतमान वडा सदस्य लिम्बूले बताए । त्यहाँ रहेको एकता, सिर्जना, एबीसी, गिनेरी, रामनगर, बुधबारे, चिलिया टप्पु विस्थापित हुने अवस्थामा रहेको उनले बताए ।

कटान गरेको क्षेत्रमा प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव, सुरक्षा निकायका प्रमुखहरूलाई स्थलगत अवलोकन गराएको बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बताए । अनुगमनपछि कटान रोक्न निगरानी गरी तत्काल अस्थायी मर्मत गर्न प्रदेश सरकार, प्रदेश योजना आयोग, नेपाल सरकार र भारत सरकारलाई आग्रह गरेको नगर प्रमुख कार्कीले जानकारी दिए ।

सुनसरीको भाण्टाबारी कोसी ब्यारेजदेखि उत्तर बराह क्षेत्रसम्मका बाँध मर्मत सम्भार गर्ने र कटान नियन्त्रण गर्ने दायित्व भारत सरकारको हो । कोसी ब्यारेज निर्माण सम्झौताअनुसार भारत सरकारले वर्षेनी कटान रोक्ने प्रयास गरे पनि पूर्णरुपमा सफल हुन नसक्दा नेपाली भू–भाग कटान र डुबानमा पर्दै आएका छन् ।

कोसी तथा बक्राहा नदी नियन्त्रण आयोजना विराटनगरका अनुसार कोशी सम्झौताअनुसार चतरादेखि ब्यारेजसम्म सप्तकोसीको दुवै किनारामा भारत सरकारले तटबन्ध निर्माण गर्नुपर्नेछ । कटानका बेला अस्थायी रुपमा भारत सरकारले मर्मत गर्दै आए पनि सम्झौताअनुसार भारत सरकारले तटबन्ध निर्माण नगरेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

सम्बन्धित

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

संविधान संशोधन बहसमा सहमति त छ, तर स्पष्ट दिशा र राजनीतिक इच्छाशक्ति अझै कमजोर

संविधान उल्लंघनको आरोपसहित सरकारमाथि तीव्र आलोचना, प्रशासनिक हस्तक्षेपबारे प्रश्न

लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार

होर्मुज जलसन्धिमा ‘प्रोजेक्ट फ्रीडम’: अलपत्र जहाज निकाल्न ट्रम्पको नयाँ सैन्य कदम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com