ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौद्रिक नीति अगाडि सेयर बजारमा उछाल, ७४.९३ अंकको वृद्धि


एबीसी / संवाददाता
असार १६, २०७९ बिहीबार  ५ : ३५ बजे

काठमाडौं, १६ असार । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहँदा सेयर बजारमा भने निरन्तर उछाल देखिएको छ । बुधबार अर्थमन्त्री जनार्दन शर्मा समक्ष गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीतिबारे ब्रिफिङ गरेका थिए ।

बिहीबार सेयर बजार ७४.९३ अंकले बढेर २ हजार भन्दा माथिको बिन्दुमा उक्लिएको छ । सुरुवाती समयबाटै उकालो लागेको बजार २०३७.६४ बिन्दुमा पुगेर रोकियो । बुधबार सेयर बजार ४१ अंकले बढेको थियो । कारोबार रकम समेत बुधबारको तुलनामा बिहीबार बढेको छ । यसले बजार घटेर निकै तल आएको मौकामा लगानीकर्ताले सेयर उठाइरहेको संकेत भने गर्छ ।

बिहीबार कुल २२७ कम्पनीको ४७ हजार ३९२ वटा कारोबारबाट ७२ लाख ५४ हजार ७० कित्ता सेयर किनबेच भएको छ । यस दिन २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९५ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सबै उपसमूहमा हरियाली देखियो । बिहीबार लगानीकर्ताको आकर्षण व्यापार र वित्त उपसमूहमा बढी देखिएको छ । बिहीबार नेपाल फाइनान्स, मैलुङखोला जलविद्युत् आयोजना, ङ्यादी हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लाग्यो । एक दर्जन कम्पनीको सर्किट लेवलमा कारोबार भयो । यस दिन ग्लोबल आईएमई डिभेन्चर, बरुण हाइड्रो, गुराँस लघुवित्तसहितका कम्पनीको मूल्य भने ओरोलो लाग्यो । यस दिन शिवम् सिमेन्ट, हिमालयन डिष्ट्रिलरी, एसियन लाइफ इन्स्योरेन्ससहितका कम्पनीको सेयर धेरै किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सप्तरीको चुनावी माहोल: ‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा परे — डा. सीके राउत

सम्बन्धित

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com