ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शान प्रजापति मृत्यु प्रकरणमा मुद्दा जित्यो, भारतको नैनितालस्थित स्कुलका प्रिन्सिपल र वार्डेनलाई कैद सजाय


एबीसी / संवाददाता
असार १५, २०७९ बुधबार  ५ : ४९ बजे

काठमाडौं, १५ असार । भारतको नैनितालस्थित नैनिताल विद्यालयमा आठ वर्षअघि नेपाली विद्यार्थीको मृत्यु भएको घटनामा प्रिन्सिपल र वार्डेनलाई कैद सजाय तोकिएको छ । आज उत्तराखण्डको अदालतले नेपाली विद्यार्थी शान प्रजापतीको मृत्यु प्रकरणमा सजाय तोकेको हो ।

भारतीय पत्रिका दैनिक जागरणको अनलाइन संस्करणले नैनितालको प्रतिष्ठित शेरवुड कलेजमा आठ वर्षअघि भएको घटनामा प्रिन्सिपल अमनदीप संधू र वार्डेन रवि कुमारलाई दुई–दुई वर्ष कारागार र ५०–५० हजारको जरिवाना तोकेको छ ।

प्रजापतीकी आमा नीना श्रेष्ठले भारतको अदालतमा रिट दायर गरी सजायको माग गरेकी थिइन् । घटना सन् २०१४ को हो। जतिबेला शान प्रजापती ९ कक्षामा शेरवुड कलेजमा अध्ययन गर्दथे । उनको स्वास्थ्य खराब भएको तीन दिनपछि मात्र कलेजले अस्पताल भर्ना गरेको थियो । हल्दानीको निजी अस्पताल लगिएका प्रजापतीलाई दिल्ली रिफर गरिएको थियो । उनलाई दिल्ली लाँदालाँदै बाटोमा मृत्यु भएको थियो ।

घटनापछि रिट दायर भएपछि मृतक शान प्रजापती, उनका साथी र कलेजका डाक्टरसहित १५ जनाले बयान दिएका थिए । उनलाई विरामी हुँदा पनि ५ दिनसम्म अस्पताल नलगी कलेजमै राखिएकोले प्रशासनलाई जिम्मेवार ठहराइएको हो ।

कलेजका चिकित्सकले पनि प्रजापतीको स्वास्थ्य खराब भएको पछि मात्र थाहा दिइएको बयानमा भनेका थिए ।

शान प्रजापतिको मृत्युपछि उनको मृत्यु लापर्वाहीले भएको भन्दै काठमाडौंमा समेत व्यापक विरोध भएको थियो । सोही कलेजका पूर्वविद्यार्थी उज्वल थापाको नेतृत्वमा कामाठाडौं र भारतमा विरोध प्रदर्शन गरिएको थियो ।

शेरवुड कलेजका भूतपूर्व विद्यार्थीहरु, शानका आफन्तहरुका साथै सोही कलेजमा विद्यार्थी पढाई रहेका आफन्तहरुले सो आन्दोलनमा साथ दिएका थिए ।

यो फैसलापछि अभियन्ता थापाले फेसबुकमा लेखेका छ्, ‘शान प्रजापतीको न्यायको लडाइँ जितियो ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

संविधान संशोधन बहसमा सहमति त छ, तर स्पष्ट दिशा र राजनीतिक इच्छाशक्ति अझै कमजोर

सम्बन्धित

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

संविधान संशोधन बहसमा सहमति त छ, तर स्पष्ट दिशा र राजनीतिक इच्छाशक्ति अझै कमजोर

संविधान उल्लंघनको आरोपसहित सरकारमाथि तीव्र आलोचना, प्रशासनिक हस्तक्षेपबारे प्रश्न

लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार

होर्मुज जलसन्धिमा ‘प्रोजेक्ट फ्रीडम’: अलपत्र जहाज निकाल्न ट्रम्पको नयाँ सैन्य कदम

फुकोट कर्णाली आयोजना: संसदीय अनुमोदन नपर्ने सर्वोच्चको फैसला, भारतलाई राहत !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com