ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनियन्त्रित हुँदै अर्थतन्त्र, ११ महिनामा १५ खर्ब ७७ अर्बको व्यापारघाटा


एबीसी / संवाददाता

काठमाडौँ, १० असार । रुस-युक्रेन युद्धको असर वस्तुको मूल्यमा परेको छ । आयातको परिणाभभन्दा बढी लागतका कारण मूलुकमा व्यापारघाटा अनियन्त्रित बन्दै गएको छ । आयात बढ्दै गर्दा त्यसअनुसारको विदेशी मुद्रा आर्जन भने घट्दै गएको छ ।

रेमिट्यान्स घट्दै गएको, आयात उच्च परिमाणमा बढेको, शोधनान्तर घाटा चुलिएको, बैंक वित्तीय संस्थामा तरलता अभाव रहेकोजस्ता कारण अर्थतन्त्र संकटको अवस्थामा रहेको गभर्नर महाप्रसाद अधिकारी स्वयंले स्वीकारेका छन् । एकातिर व्यापारघाटा कम गराउन राष्ट्र बैंकले विलासी वस्तु लगायतका अन्य वस्तु आयातमा कडाई गरेको छ भने अर्कोतिर अर्थ मन्त्रालयले बजेटमा राजस्वको लक्ष्य महत्वाकांक्षी बनाएको छ । जीडिपीको २५ प्रतिशत राजस्वको लक्ष्य भए पनि चालु खर्चनै धान्न नसकिने चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवाल बताउनुहुन्छ ।

आत्मनिर्भर अर्थतन्त्र अहिलेको आवश्यकता भएकाले आयात प्रतिस्थापन गर्न उत्पादनमूलक उद्योगको प्रवर्द्धन गर्न दीर्घकालीन रणनीति अभाव देखिएको उहाँको भनाइ छ । हाल आयातमा मेजर रोल पेट्रोलियम पदार्थको रहेको छ । चालु आर्थिक वर्षको ११ महिनाको तथ्याङ्कअनुसार ६२ विलियनको पेट्रोल, १ सय ४५ विलियनको डिजेल र ५९ विलियनको एलपीजी ग्यास नयाँ मूल्यमा आयात भएको छ । डलरको मूल्यवृद्धिले समग्र क्षेत्रमा चाप परेको छ । चालु आर्थिक वर्षको ११ महिनामा मूलुकको व्यापारघाटा १५ खर्ब ७७ अर्ब करोड ३८ करोड माथि पुगेको छ । यो अवधिमा आयात मात्र अघिल्लो आर्थिक वर्षभन्दा २७ दशमलव ५ प्रतिशतले वृद्धि भएर १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ बराबर पुगेको छ ।

पछिल्लो ११ महिनामा निर्यात भने ५३ दशमलव ३ प्रतिशतले वृद्धि भएर १ खर्ब ८५ अर्ब ८३ करोडमाथि पुगेको छ । छिमेकी मूलुक भारतसँग मात्र नेपालको ९ खर्ब ५५ अर्ब माथि व्यापारघाटा रहेको छ । निजी क्षेत्र नीतिगत कारणले हतोत्साहित भएकाले देशले व्यापार घाटा बेहोरिरहेको चर्चा हुँदा राष्ट्र बैंक भने यो मान्न तयार छैन । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट, समस्या र जटिलता भए पनि सचेत रहन आवश्यक रहेको बताउनुहुन्छ । उपभोगमुखी अर्थतन्त्रलाई समाधान गर्न आर्थिक नीति सम्पादन, अर्थ मन्त्रालय, योजना आयोग र केन्द्रीय बैंकको सहकार्यले राम्रो प्रतिफल दिने निजी क्षेत्रको विश्वास छ ।

नेपालमा भइरहेको आयात तत्काल नघटे अर्थतन्त्र गम्भीर संकटमा फस्ने र श्रीलंकाकै जस्तो आर्थिक महासंकट आउन सक्ने गभर्नरको भनाइपछि वास्तवमै देश संकटमा जाने त होइन भन्ने भय बढ्दो छ । विषम परिस्थितिमा महंगीको मारबाट उन्मुत्ति दिन, देशमा रोजगारी सिर्जना गर्न, आयात प्रतिस्थापनलगायत उद्योग कलकारखाना फस्टाउने वातावरण बनाउन सरोकारवाला निकायको गम्भीरता आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com