ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजगढ विमानस्थलको निर्माण रोक्ने निर्णय उचित देखिन्न :अन्तर्राष्ट्रिय सम्बन्ध समिति


एबीसी / संवाददाता
असार ६, २०७९ सोमबार   ११ : ०७   बजे

काठमाडौं, ६ असार । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्माण आयोजनाको काम रोक्नुपर्ने भन्ने निर्णय कुनै पनि दृष्टिबाट उचित नदेखिएको ठहर गरेको छ । आइतबार समितिले पारित गरेको वार्षिक प्रतिवेदन २०७९ मा यस्तो ठहर गरिएको हो ।‘नेपालको राष्ट्रिय हित अनुकूल अर्थतन्त्रलाई सुदृढ तुल्याउने उद्देश्यका साथ लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य रोक्नुपर्ने भन्ने निर्णय कुनै पनि दृष्टिबाट उचित देखिन्न’ प्रतिवेदनमा उल्लेख छ ।

निजगढ विमानस्थलको निर्माण रोक्दा बाह्य र आन्तरिक ऋणको बोझ बोक्दै कठिन अवस्थामा रहेको नेपालको अर्थतन्त्रलाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रयोजनको लागि भइसकेको अर्बौं रुपैयाँको खर्चलाई निरर्थक तुल्याउँदा झनै धक्का लाग्न सक्ने समितिको निचोड छ ।सर्वोच्च अदालतले निजगढमा विमानस्थल बनाउने सरकारको निर्णय बदर गर्दै विकल्प खोज्न आदेश दिएपछि यो विषयमाथि अनेक कोणबाट टिकाटिप्पणी भइरहेको छ । सर्वोच्चको आदेशउपर अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पनि पटक–पटक छलफल भएको छ ।राष्ट्रिय हित, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट निर्माणाधिन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले यसको निर्माण कार्यलाई शीघ्र अघि बढाउन सरकारलाई भनेको छ ।समितिको वार्षिक प्रतिवेदनमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई अगाडि बढाउन आवश्यक कानुनी, प्रशासनिक र व्यवहारिक कार्य गर्न सरकारलाई निर्देश गरिएको पनि उल्लेख छ ।

समितिबाट पारित वार्षिक प्रतिवेदनलाई छिट्टै प्रतिनिधिसभामा पेश गरिने समिति सभापति पवित्रा निरौला खरेलले बताएकी छन् । ‘प्रतिवेदनमा रहेका केही भाषागत विषय मिलाएर छिट्टै हाउसमा पेश गर्छौं’ समिति सभापति पवित्रा निरौला खरेलले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group