काठमाडौं । काठमाडौंको कालिकास्थानस्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको अभियोगमा चार विद्यार्थी पक्राउ परेका छन् ।
मंगलबार विद्यार्थीहरुले गार्डमाथि खुकुरी प्रहार गर्दा घाइते भएका थिए । प्रहरी बृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले घाइतेलाई मोडल अस्पतालमा उपचार गरिएको थियो । उपचारपछि गार्ड डिस्चार्ज भएका छन् ।
घटनामा संलग्न सोही कलेजका विद्यार्थी रहेको खुलेको थियो । सोही कलेजका मानविकी संकायमा कक्षा ११ मा अध्ययनरत बिद्यार्थीहरु करिब १० दिन अगाडि कलेज प्राङ्गणमा बास्केटवल खेल्दा भएको बिवादको बिषयलाई लिएर कलेजमा दुई पक्षबीच झगडा हुन लागेकोमा कलेजका सुरक्षा गार्डद्वारा छुट्याउने क्रममा गार्डलाई नै खुकुरी प्रहार भएको पाइएको छ ।
सो घटनामा संलग्न रहेको अभियोगमा १८ वर्षीय जोसेन बानियाँ,
१८ वर्षीय बिपिन खत्री, १८ वर्षीइ प्रतिक खतिवडा र १८ वर्षीय सञ्जिब भण्डारी छन् ।
सो घटनाको सम्बन्धमा प्रहरी बृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए ।