काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ ।
शनिवार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भक्तपुरको ददिकोट आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
केन्द्रले ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिएको छ ।







प्रतिक्रिया दिनुहोस्