ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन दिए प्रचण्डले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउने चेतावनी ?


एबीसी / संवाददाता
जेष्ठ १९, २०७९ बिहीबार  ६ : ०१ बजे

काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पहिलो शक्ति बन्यो ।

२०७४ सालको निर्वाचनमा कमजोर बनेको कांग्रेस यसपटक गठबन्धनको बलमा शक्तिशाली बन्यो ।  एउटा स्थानीय तहमा पुन निर्वाचन गराउने निर्वाचन आयोगले निर्णय गरेको छ भने बाँकी स्थानीय तहमा निर्वाचन सकिएर जनप्रतिनिधिले काम सम्हालि सकेका छन् ।

७५२ स्थानीय तहको अन्तिम परिणाम आउँदा कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ ।

निर्वाचन आयोगका अनुसार कांग्रेसले ३ सय २९ पालिकाको नेतृत्व जित हात पार्दा २०७४ को निर्वाचनमा पहिलो शक्ति बनेको नेकपा एमालेले २ सय ५मा सीमित बनेको छ ।

माओवादी केन्द्रले १ सय २१ स्थानीय तहमा जित हात पर्दा जनता समाजवादी पार्टी ३०, एकीकृत समाजवादी २०, लोकतान्त्रिक समाजवादी १६ र अन्य पार्टी तथा स्वतन्त्रले ३१ पालिकामा प्रमुख पदमा जितेका छन् ।

२०७४ मा पहिलो शक्ति बनेको एमालेलाई यसपटक सत्ता गठबन्धनले कमजोर बनाइदिएको छ ।

सत्ता गठबन्धन गरेर उम्मेदवारी दिएको कतिपय स्थानीय तहमा एमाले एक्लै भारी बनेको छ । गठबन्धन गरेका कारण एमालेले कतिपय स्थानमा १ सय मत भन्दा कमले पराजय व्यहोरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाषामा भन्दा एमालेलाई माओवादीले कांग्रेससँग मिलेर ‘ठेगान’ लगाइदिएको छ ।

मत संख्याको आधारमा नेकपा एमालेले २०७४ को भन्दा बढाएको भए पनि नेतृत्वमा उसलाई घाटा लागेको छ । वैशाख ३० को निर्वाचनमा एक निर्वाचन क्षेत्रमा बाहेक एमालेले २ करोड ५८ लाख ७३ हजार ९१३ मत पाएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा उसले २ करोड १४ लाख ५० हजार मत पाएको थियो । यस निर्वाचनमा तेस्रो बनेको माओवादीले २०७४ को स्थानीय तह निर्वाचनमा भन्दा यसपटक झण्डै १० लाख मत कम पाएको छ तर पदमा भने उसले जीत बढी हासिल गरेको छ ।

०७४ को निर्वाचनमा कांग्रेसले २ सय ६६ स्थानीय तहमा प्रमुख जितेको थियो तर यसपटक उसले ३ सय २७ प्रमुखमा जितेको छ । गत निर्वाचनमा ३५ प्रतिशत जित हात पारेको कांग्रेसले यसपटक ४३ प्रतिशत पालिका जितेको छ ।

ठेगान लागेको एमाले !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुखको प्रशिक्षण कार्यक्रममा एमालेलाई आफूहरुले ठेगान लगाएको भन्दै ‘गौरव’ गरे । निर्वाचनबाट ठूलो दल बनेसँगै कांग्रेसमा पनि अहंकार बढ्दै गएको भन्दै उनले एमालेलाई जस्तै ठेगान लगाउने चेतावनी उनले दिए ।

के प्रचण्डले भने जस्तै माओवादीले एमालेलाई ठेगान लगाएको हो त? भन्ने प्रश्न उब्जिएको छ ।

नेपाली कांग्रेसका कतिपय नेताहरु भने माओवादी लगायतका दलहरुसँगको गठबन्धनले गर्दा कांग्रेसलाई घाटा भएको बताइरहेका छन् । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि कांग्रेसले तालमेल नगरेको भए ४ सय स्थानमा कांग्रेसले एकल जित निकाल्न दाबी गर्छन् । तर परिणामहरुले भने गठबन्धनका दलहरु एक्ला एक्लै लडेको भए एमाले कमजोर नहुने देखिएको प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासहितका कांग्रेसका कतिपय नेताको विश्लेषण छ । यसरी एमाले ठेगान लगाउन कांग्रेस सफल भएको भए पनि यसमा उसको एकल स्वामित्व नहुने प्रचण्डको आशय छ ।

०७४ को स्थानी निर्वाचनमा सबैभन्दा ठूलो बनेको एमालेले त्यतिबेला २ सय ९४ पालिकामा जितेको थियो । उसले ३९ प्रतिशत स्थानीय तहको नेतृत्व जितेको थियो । तर यसपटक प्रचण्डका अनुसार एमाले ठेगान लागेको छ । स्थानीय तह निर्वाचनहरुमा पहिलो शक्ति बन्दै आएको एमाले यसपटक दोस्रो बनेको छ । २ सय ५ पालिकामा मात्र जित हात पार्दै एमाले २७ प्रतिशतमा खुम्चिएको छ ।

कांग्रेसलाई ठेगान लगाउने प्रचण्डको चेतावनी

नेकपा माओवादी र नयाँ बनेको दल एकीकृत समाजवादीलाई चुनावपछि गुगलमा खोज्दा पनि नभेटाइने नेकपा हुँदाका दुई मध्येका एक अध्यक्ष केपी शर्मा ओलीको चुनौतीबीच प्रचण्डले आफूलाई बलियो साबित गरेका छन् ।

निर्वाचन परिणामहरुका अनुसार एक्लै प्रतिस्पर्धामा उत्रिएको स्थानमा भन्दा गठबन्धन गरेको धेरै स्थानमा प्रचण्डको पार्टीले जित हात पारेको छ । उनको सबैभन्दा ठूलो सफलता भरतपुरमा भएको छ । छोरी रेणुलाई प्रमुखमा उठाएका उनले पार्टीको कमजोर अवस्थाकाबीच पनि कांग्रेसको मतले जित हात पारे ।

२०७४ मा १४ प्रतिशत पालिकामा जितेको माओवादीले यसपटक १६ प्रतिशत जित हात पारेको छ । तालमेलबाट ६८ पालिकामा जितेको माओवादीले एकल रुपमा ५३ पालिकामा जित हात पारेको छ । उता कांग्रेसले गठबन्धनको बलमा १२१ स्थानमा जित हात पारेको छ । बुधबारको प्रचण्डको भनाइ यसैप्रति लक्षित छ । नेपाली कांग्रेसले १२१ स्थानमा गठबन्धन गरेर जितेको छ जहाँ एक्ला एक्लै प्रतिस्पर्धा गरेको भए अवस्था फरक हुने उनको विश्लेषण छ । पहिलो दल बनेसँगै कांग्रेसमा दम्भ पलाए एमालेकै हालत बनाइदिने उनको चेतावनी छ ।

‘कांग्रेसलाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बनायो तर एमालेको जस्तो अहंकार गर्‍यो भने हामीले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्,’  प्रचण्डले भने,’कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता छ ।’

माओवादीले कहिले एमाले त कहिले कांग्रेसलाई ठूलो पार्टी बनाइ दिएको भन्दै उनले दम्भ देखाउनेलाई आफूहरुले बिद्रोह गरेर देखाइदिने चेतावनी दिए ।

संघीय र प्रदेश सभा निर्वाचन कहिले गर्ने भन्नेबारे गठबन्धन दलहरुबीच छलफल सुरु भएको भोलिपल्ट उनले कांग्रेसलाई चेतावनी दिँदै सचेत गराए । उनले कांग्रेसमाझ आगामी निर्वाचनमा माओवादीलाई साथ नलिँदा गुमाइन्छ कि भन्ने त्रास दिएका छन् ।

‘कहिले एमालेको दम्भ बढाइदिन्छ, कहिले कांग्रेसको दम्भ बढाइदिन्छ भन्ने आरोप माओवादीलाई छ’ प्रचण्डले भने ,’त्यस्तो गरेको जस्तो पनि देखिन्छ ।  तर जसले दम्भ देखायो अह‌ंकार त्यसविरुद्ध मा‌ओवादीले विद्रोह गर्दै आएको छ ।’

उनले अहिले स्थानीय तहको निर्वाचनपछि एमालेको मन रोइरहेको भन्दै त्यस्तै अवस्था संघीय र प्रदेश निर्वाचन पछि कांग्रेसको हुनसक्ने सांकेतिक चेतावनी दिए ।

सार्वजनिक रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेताहरुले जे भने पनि स्थानीय तहको निर्वाचनले एमालेलाई आगामी दिनमा सहज छैन भन्ने परेको प्रचण्डको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com